वीरगन्ज । चालु आवको छ महिनामा कुल वस्तु निर्यात ६.१ प्रतिशतले वृद्धि भएको छ । आज नेपाल राष्ट्र बैंकले जारी गरेको आर्थिक तथा वित्तीय स्थिति अनुसार गएको छ महिनामा रु.६० अर्ब ८० करोड बराबरको वस्तु निर्यात भएको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २६.१ प्रतिशतले वृद्धि भएको थियो ।
गन्तव्यका आधारमाभारत तथा अन्य मुलुकतर्फ क्रमशः ८.४ प्रतिशत र ४.० प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फको
निर्यातमा ५०.० प्रतिशतले कमी आएकोछ । उता, सोही अवधीमा कुल वस्तु आयात ४.८ प्रतिशतले घटेर रु.६६१ अर्ब २५ करोड कायम
भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४.० प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात ३.५ प्रतिशतले वृद्धि भएको छ भने चीन तथा अन्य मुलुकबाट भएको आयातमा
क्रमशः १८.५ प्रतिशत र १७.४ प्रतिशतले कमी आएको छ ।