काठमाडौं | प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई बधाई दिएका छन्। बाइडेनले बुधवार वासिङटन डिसीको क्यापिटलमा आयोजित कार्यक्रममा अमेरिकाका ४६ औं राष्ट्रपतिका रुपमा शपथ लिएका हुन्।
प्रधानमन्त्री ओलीले ट्वीट गर्दै बाइडेनलाई बधाई दिएका हुन्। उनले बाइडेनको सफल कार्यकालको शुभकामना दिँदै नेपाल र अमेरिकाको मित्रवत् सम्बन्धलाई प्रगाढ बनाउन बाइडेन प्रशासनसँग काम गर्न आफू इच्छुक रहेको बताएका छन्।