• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    दाहाल नेपाललाई दुई अंकको सिट जितेर देखाउन ओलीकाे चुनौती

  • वीरगंज संजाल
  • १९ पुष २०७७, आईतवार ०८:०१
  • २८३७

    वीरगंज। सत्तारूढ दल नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशीको इसारामा नाच्ने पुतली सरकार बन्नबाट रोक्न आफूले प्रतिनिधिसभा विघटन गर्नुपरेको बताएका छन् ।

    प्रधानमत्री ओलीले पार्टीलाई प्राप्त दुई तिहाइलाई फुटाएर विभिन्न तत्वसँग भित्री साँठगाँठ र जोडजाम गर्दै पुतली सरकार बनाउने प्रयास भएको भए पनि आफूले त्यसलाई असफल पारिदिएको बताए ।

    नेकपा काठमाडौं जिल्ला कमिटीद्वारा शनिबार राजधानीमा आयोजित कार्यकर्ता भेलामा बोल्दै प्रधानमन्त्री ओलीले आफूले थालेको राष्ट्रिय स्वाभिमानविरुद्धको आन्दोलन र विकास तथा समृद्धिको योजनालाई अवरुद्ध पार्ने प्रयास गरिएकाले बाध्य भएर प्रतिनिधिसभा विघटन गरिएको स्पष्ट पारे । ‘प्रचण्ड र माधजी टालाटुली बटुलेर पुतली सरकार बनाउन उद्यत हुनुभयो । खराब व्यक्तिको हातमा राज्यसत्ता जान नदिन प्रतिनिधिसभा विघटन गर्नुपरेको हो,’ प्रधानमन्त्री ओलीले भने ।

    प्रधानमन्त्री ओलीले प्रतिगमनलाई रोक्न संसद् विघटन गरेर स्टेरिङ सिधा बनाएको बताए । पुतली सरकार बनाउन खोज्नेहरूले प्रतिगमन ल्याउन लागेको भन्दै आफूले त्यसलाई रोकेको ओलीको दाबी छ ।

    – पुतली सरकार बनाउनेबाट प्रतिगमनको खतरा
    –संविधानको धारा ७६ को उपधारा ७ प्रयोग गरिएको दाबी
    –आफ्नै सम्पत्ति पनि मेरो हो भनेर निवेदन दिनुपर्छ र ?
    –भेट्नु कुहिएर झरेको फलको संज्ञा

    ओलीले दुई तिहाइको सरकार ढाल्ने, पार्टीको एकता भताभुंग पार्ने र हर्स ट्रेडिङको खेल सुरु गरी सधंै अस्थिरता निम्ताउने प्रयासमा प्रचण्ड–माधव पक्ष लागेको आरोप लगाए ।

    देशमा जनताको इच्छाअनुसारको काम गर्ने र जनतालाई माया गर्ने सरकार चाहिएकाले संसद् विघटन गरिएको उनले स्पष्ट पारे । प्रधानमन्त्री ओलीले सभामुखले तीनवटा अधिवेशनदेखि नै सरकारले राखेका प्रस्ताव प्रस्तुत नगरेको र तीन वर्षदेखिका विधेयक विभिन्न बहानामा समितिमा अड्काएर सरकारलाई पूर्ण रूपमा असफल बनाउने कार्य गरेको आरोप लगाए ।

    प्रधानमन्त्री ओलीले भने, ‘६४ प्रतिशत समर्थन रहेको दलको नेताले सरकार चलाउन नसकिने भयो, ताजा जनादेश चाहियो भनेर निर्वाचन घोषणा गरिसकेपछि प्रतिनिधिसभा पुनस्र्थापना हुनै सक्दैन ।’ ओलीले संविधानको धारा ७६ को उपधारा ७ बमोजिम बहुमत प्राप्त सरकार प्रमुखलाई संसद् विघटन गर्ने अधिकार रहेको बताए ।

    प्रधानमन्त्रीले विघटित प्रतिनिधिसभाले कामै गर्न नदिएपछि दुई वर्षसम्म कुरेर देशलाई बर्बाद पार्न नहुने निष्कर्षमा आफू पुगेको बताए ।

    ओलीले पार्टीको आधिकारिकताबारे आफूहरू कतै जानै नपर्ने बताए । ‘पार्टी हाम्रै हो र सूर्य चिह्न पनि हाम्रै हो, आफ्नो जग्गा सम्पत्ति पनि मेरो हो भनेर कहीँकतै निवेदन दिन जानुपर्छ र ?’ प्रधानमन्त्रीले प्रश्न गर्दै भने ।

    प्रधानमन्त्री ओलीले प्रचण्ड र माधवलाई संकेत गर्दै ‘खिया लागेका दुईवटा नटबोल्ट’ फुक्लिनासाथ पार्टी उच्च गतिका साथ अघि बढेको बताए । ओलीले दाहाल–नेपाल समूहलाई आगामी निर्वाचनमा दोहोरो अंकमा सिट जितेर देखाउन चुनौती दिए । ओलीले दाहाल–नेपाल पक्षले आफूहरूसँग सधैं बहुमत भएको बताएको तर कोसँग बहुमत छ भनेर आगामी १७ र २७ वैशाखको निर्वाचनमा थाहा हुने जनाए ।

    ‘कसको बहुमत छ, त्यो वैशाखमा हेरौं,’ प्रधानमन्त्री ओलीले भने, ‘आफूसँग बहुमत छ भन्नेले दुई अंकमा सिट जितेर देखाउनुहोस्,’ ओलीले भने ।

    ओलीले पार्टी एकता गरेर तीन महिनामा गर्नुपर्ने काम दाहाल–नेपाल समूहले तीन वर्षमा पूरा गर्न नदिएको आरोप लगाए । ‘एउटा कमिटी, तीनवटा गुट, दुईटा गुटको एउटा समीकरण । पार्टीको बैठक जस्तो थिएन,’ ओलीले भने, ‘उहाँहरूको नारा र कृत्य देख्नेहरूलाई लाज लागिसक्यो । तर गोरु नांगो देख्दा मलाई लाज लाग्दैन ।’

    प्रधानमन्त्री ओलीले आफूहरू देशका लागि लडेको तर उनीहरू छोराछोरीका लागि लडेको आरोप लगाए । ‘हामी छोराछोरी, भाइ, बहिनीका लागि लडेका छैनौं । हामी देशको भविष्यका लागि लडेका छौं । कसको धन्दा कता ? कसको कता ? कसैको धन्दा खानतिर । अचम्म लाग्छ,’ उनले भने ।

    दाहाल र नेपाललाई भेट्नो कुहिएर झरेको फल भएको संज्ञा दिँदै प्रधानमन्त्री ओलीले भने, ‘हामीले बनाएको पार्टी हो, हामी निवेदन हाल्न जान जरुरी छैन । भेट्नो कुहिएर झरेका फलहरूले रुख मै हुँ भनेर दाबी गर्न मिल्दैन ।’

    भेलामा बोल्दै नेकपाका सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले आफ्नै सरकार ढाल्न खोजेर प्रचण्ड–नेपाल समूहले राजनीतिक बेइमानी गरेको बताए । पोखरेलले उनीहरू प्रतिगमनका मतियारका रूपमा देखा परेको दाबी गरे ।

    सोही भेलालाई सम्बोधन गर्दै नेकपा सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापाले आफ्नै पार्टीका नेताले अविश्वासको प्रस्ताव ल्याएर राजनीतिक ‘कू’ गर्न खोजेपछि प्रधानमन्त्री ओलीले संसद् विघटन गर्ने राजनीतिक र ऐतिहासिक कदम चालेको बताए ।

    ‘बाह्य रूपमा प्रतिगमनतिर फर्किए जस्तो देखिएको छ तर हामी नयाँ उचाइमा पुगेका छौं । सर्वत्र यसको समर्थन भइरहेको छ,’ उनले भने ।

    आफूहरूको एजेन्डा, विचार, सिद्धान्त र नेतृत्व सही भएको भन्दै थापाले चुनावमा गएर प्रतिगमनकारीलाई भण्डाफोर गर्नुपर्ने बताए । अवसरवादी शक्तिहरूले प्रतिगमनलाई पुनस्र्थापित गर्न नेकपालाई फुटाउने प्रयास भएको उनले बताए । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले प्रतिगमनका मतियारलाई जनताले बहिष्कार गर्नुपर्ने आवश्यकता औंल्याए । उनले दाहाल–नेपाल समूहले बल्खु र धुम्बराहीका साथै सूर्य चिह्नमा आँखा लगाएमा त्यो आफूहरूका लागि सह्य नहुने बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑