वीरगंज । कृष्णा प्रसाद कुशवाहा। पर्साको पकाहा मैनपुर गाउँपालिकामा रहेको श्रीराम चरित्र भगत माध्यामिक विद्यालय कोरोना सम्बन्धिको स्वास्थ्य सुरक्षा
नअपनाई विद्यालय सञ्चालनमा आएको भेटिएको छ । कोरोना संक्रमणको कारण बन्द गरीएका विद्यालयहरु स्वास्थ्य सुरक्षा अपनाएर मात्र सञ्चाल गर्ने शर्तमा विद्यालयहरु खोल्न जिल्ला प्रशासन कार्यालय पर्साले अनुमति दिएको थियो ।तर जिल्ला प्रशासन कार्यालय को नियमको खिल्ली उडाउँदै विद्यालय सञ्चालनमा आएको छ।
समाजिक दुरी कायम गर्नु पर्ने, एउटा बेन्चमा दुई जना मात्र विद्यार्थी राखेर पढाउनु पर्ने, अनिर्वाय साबुन पानी, सेनिटाईजरको व्यवस्था गरिनु पर्ने र भिडभाड गर्न नपाईने राखिएको भएपनि श्रीराम चरित्र भगत माध्यामिक विद्यालयले कुनैपनि शर्त पुरा नगरेको भेटिएको छ ।
विद्यालयमा विद्यार्थीहरू अध्ययनका लागि गए पनि विद्यालयमा गएर सुत्नु परेको छ। यस्तो महामारीको बेला विद्यालय सञ्चालनमा आएपनि शिक्षक ले पढाउन नगए पछि विद्यालयमा बाध्य भएर विद्यार्थी हरु लाई सुत्नु परेको छ।भने नाम न खुलाउने सर्त म एक विद्यार्थीले बताएका छन्।