वीरगंज । ग्लोकल टिन हिरो २०२० को उपाधी रामेछापकी १९ वर्षिया मन्दिरा श्रेष्ठले जितेकी छन् । श्रेष्ठले ‘यूपीआरमा बाल नेतृत्वको रिपोर्ट, २०२०’ मा टिम लिडरको रूपमा काम गरेकी छन् ।
उनी एकीकृत राष्ट्रिय किशोर किशोरी फोरमको सदस्यको रूपमा पनि सक्रिय रुपमा सहभागी हुँदै आएकी छन् । त्यस्तै शिक्षामा महिलाको पहुँचका लागि उनले ‘ट्री पद्ममा चाईल्ड क्लबमा’ समेत आवद्ध छिन् ।
स्वास्थ्य क्षेत्र काम गर्ने उनी एसआरएचआर क्षेत्रमा प्रशिक्षकको रुपमा समेत अग्रसर छिन् । विभिन्न क्षेत्रसँगको आवद्धता र उनले समाजमा पुर्याएको योगदानलाई हेरेरै ग्लोकल टिन हिरो २०२० को उपाधी श्रेष्ठलाई प्रदान गरिएको हो ।
उक्त कार्यक्रममा अफगानिस्थान, भारत, बंगलादेश, इन्डोनेसिया, अमेरिका, श्रीलन्का, पाकिस्तान तथा भियतनाम लगायतका देशबाट विभिन्न युवाहरुको सहभागिता रहेको थियो । उनीहरुबीचबाट श्रेष्ठ सबैभन्दा अब्बल बन्दै उपाधी हात पार्न सफल भएकी हुन् ।