वीरगंज | महिलामाथि हुने हिंसा राेक्न आफैँबाट प्रयास सुरु गर्नुपर्ने महिला तथा बालबालिकामन्त्री लीलानाथ श्रेष्ठले बताएका छन् ।नप्रतिनिधिहरूलाई सम्बोधन गर्दै उनले महिला हिंसाको अन्त्य गर्न आफूहरूबाटै सुरु गर्नुपर्ने बताएका हुन्।
महिला हिंसाविरुद्धको १६ दिने अभियानमा बिहीबार संसद्को राष्ट्रिय सरोकार समितिले सिंहदरबारमा गरेको कार्यक्रममा समानताको सुरुवात आफैँबाट हुनुपर्ने श्रेष्ठले बताएका हुन् ।
श्रेष्ठको भनाइ छ, ‘समान व्यवहार हामीबाटै सुरु गर्नुपर्छ।हामीले गरेपछि परिवार, समाज र देशले सुरु गर्छ। हाम्रा छोरीहरूमाथि कसैले नराम्रो नजरले हेऱ्याे भने पीडा हुन्छ।त्यसकारण समाजमा सबैलाई सम्मान दिनुपर्छ।’विभेदविरुद्धको कानुनहरू बने पनि लागू नभएको श्रेष्ठको भनाइ छ । सांसदहरूले संसदमा पनि महिला हिंसाविरुद्ध महत्वपूर्ण आवाज उठाएको उनको भनाइ छ।