नयाँ दिल्ली | पराल जलाउँदा र पटकाबाट निस्कने धुवाँका कारण भारतकाे राजभानी नयाँ दिल्लीमा अत्यधिक वायु प्रदुषण भएको छ। दिल्लीमा दिपावलीकाे अवसरमा पटाकाकाे बिक्री र पड्काउन निषेध गरिएकाे थियाे।
तर शनिबार राति यसकाे उल्लंघन गर्दै ठुलाे मात्रामा पटका जलाइएकाे थियाे। दिल्लीको आन्नदविहार, आईजीआई एयरपोर्ट छेउछाउकाे क्षेत्र आइटीओ र लाेधी राेड क्षेत्रमा एयर क्वालिटी इन्डेक्स खराव स्तरमा पुगेकाे छ।
दिल्ली प्रदुषण नियन्त्रण समितिका अनुसार शनिबार रात १ बजे आनन्द विहारमा वायु २.५ पार्टिकलकाे मात्रा ४८१ मापन भएकाे थियाे। विमानस्थल क्षेत्रमा २.५ स्तरमा ४४४ पाइएको थियो। अन्य क्षेत्रमा पनि यहीस्तरमा उच्च वायु प्रदुषण मापन भएको थियाे।