वीरगंज | आयुर्वेदमा केसर हालेको दूध पुरुषहरूका लागि लाभदायक मानिएको छ । यसले गर्ने फाइदाका बारेमा थाहा पाएरै पुरानो जमानाका राजाहरू दिनदिनै केसर हालेको दूध पिउँथे ।यसले सन्तानोत्पत्तिको क्षमता बढाउनुका साथै पुरुषहरूको स्वास्थ्यलाई अन्य पनि धेरै फाइदा पु–याउँथ्यो । केसरमा भएका १५० वटा पोषणतत्त्वले पुरुषहरूलाई फाइदा गर्छ ।
भारतको जम्मु इन्स्टिच्युट अफ आयुर्वेदका डा सन्दीप भगतले पुरुषहरूलाई केसरयुक्त दूध खाँदा हुने फाइदाका बारेमा बताएका छन् ।
यसमा भएको क्याल्सियम र प्रोटीनले मांसपेशी र हड्डी बलियो बनाउँछ ।यसले शरीरका विषाक्त पदार्थ हटाउँछ । छाला र कपाल स्वस्थ राख्छ ।यसले रोगप्रतिरोधात्मक क्षमता बढाउँछ । रुघाखोकी लाग्न दिँदैन ।
दूध र केसरमा भएको एन्टीअक्सिडेन्टले पुरुषको स्टामिना बढाउँछन् । कमजोरी भाग्छ ।यसमा भएको अमिनो एसिडले यौनशक्तिमा अभिवृद्धि गर्छ ।यसको क्यारोटनाइड्सले वीर्यशक्तिमा वृद्धि गरेर सन्तान जन्माउन सक्षम बनाउँछ ।
यो पिउँदा टेस्टोस्टेरोन र एस्ट्रोजेनको स्तर सन्तुलनमा रहन्छ ।केसरयुक्त दूधले एन्डोर्फिन हर्मोनको स्तर सन्तुलित राख्छ र रोमान्टिक मूड कायम राख्छ ।