काठमाडौं : कृषि विकास बैंकमा गएराती चोरी भएको छ । ह्याकरको समूहले सिस्टम ह्याक गरेर बैंकको १ करोड ५६ लाख रुपैयाँ चोरी भएको हो ।
कृषि विकास बैंकको लहान शाखाबाट सीस्टम ह्याक गरी ३ करोडभन्दा धेरै रकम निकालिएको लहान प्रहरीले जनाएको छ ।
यसअघि एटीएम र स्विफ्ट ह्याक गरी रकम चोरी भएको थियो । तर, कृषि विकास बैंकमा भने योभन्दा फरक तरिकाले रकम चोरी भएको पाइएको छ भने केही व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीका एक अधिकारीले जानकारी दिए ।
रकम निकाल्ने काममा नेपाली नै संलग्न भएको आशंका गरिएको उनले बताए ।