• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगंजमा कन्ट्याक्ट ट्रेसिङ र स्वाब संकलन बन्द, पुनः समुदायमा कोरोना फैलिने खतरा

  • वीरगंज संजाल
  • २० कार्तिक २०७७, बिहीबार १८:३६
  • २८२५

    वीरगंज । वीरगंज महानगरले कन्ट्याक्ट ट्रेसिङ र स्वाब संकलनको काम बन्द गरेको छ। महानगरका ३२ वटै वडामा ट्रेसिङ र स्वाब संकलन बन्द गरिएको हो। गत असार-साउनमा कोरोनाको इपिसेन्टर बनेका वीरगंजमा बुधबारदेखि ट्रेसिङ र स्वाब संकलन बन्द गरेको हो।

    संघीय सरकारले कोरोना परीक्षण र उपचार सम्बन्धित व्यक्ति आफैँले गर्नुपर्ने निर्णय गरेपछि महानगरपालिकाले कोरोना नियन्त्रणको सबै काम बन्द गरेको हो।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कात्तिक २ गते देशभरका सरकारी अस्पताल र प्रयोगशालालाई पठाएको पत्रमा आर्थिक रूपमा विपन्न, ज्येष्ठ नागरिक, एकल महिला , अपाङ्गता भएका व्यक्ति, सफाइकर्मी र सुरक्षाकर्मीको मात्रै लक्षण देखिएमा परीक्षण र उपचार निःशुल्क गरिने उल्लेख छ। यी बाहेक अन्यले परीक्षण र उपचारको खर्च सम्बन्धित व्यक्ति आफैँले गर्नुपर्ने सरकारको निर्णय छ।

    तर मन्त्रालयको पत्रमा संक्रमितको कन्टयाक्ट ट्रेसिङ र स्वाब संकलनबारे मौन रहेको अवस्थामा महानगरले अचानक यी कार्य रोकेको हो। ट्रेसिङ र स्वाब संकलन रोकिँदा पुनः पर्सामा कोरोना महामारी समुदाय स्तरमा फैलिने खतरा बढेको स्वास्थ्यकर्मीहरू बताउँछन्। संक्रमितको कन्ट्याक्ट ट्रेसिङ र स्वाब संकलन गर्ने जिम्मेवारी स्वास्थ्य कार्यालयको समन्वयमा सम्बन्धित पालिकाको हुन्छ। तर महानगरपालिकाले मन्त्रालयले वीरगंजको नारायणी अस्पताल र प्रयोगशालालाई पठाएकै पत्रको आधारमा बुधबारदेखि ट्रेसिङ र स्वाब संकलन बन्द गरिदिएको हो।

    यसअघि ट्रेसिङ र स्वाब संकलनमा खटिँदै आएका २१ जना स्वास्थ्यकर्मीलाई महानगरपालिकाले फिर्ता बोलाएको छ।

    मन्त्रालयबाट आएको निर्देशनसहितको पत्रबारे नारायणी अस्पतालले महानगरपालिकामा जानकारी गराएपछि महानगरमा बुधबारदेखि ट्रेसिङ र स्वाब संकलन कार्य बन्द गरेको स्वास्थ्य महाशाखा प्रमुख अरुण महतोले जानकारी दिए।

    वीरगंजका मेयर विजय सरावगीले प्रमुख जिल्ला अधिकारीसँग छलफल गरेर ट्रेसिङ र स्वाब संकलन बन्द गरिएको बताए।

    प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले ट्रेसिङ र स्वाब संकलन कार्य बन्द नै गर्न आफूले महानगरलाई नभनेको दाबी गरे।

    ‘बन्द नै गर्नुपर्छ भनेर मैले भनेकै होइन, यहाँ अरूलाई दोष देखाउन सजिलो हुन्छ,’ उनले भने, ‘सरकारको पछिल्लो निर्णयबारे के गर्ने विषयमा नगरप्रमुखसँग छलफल मात्रै भएको हो। मन्त्रालयले पठाएको पत्रमा परीक्षण र उपचार मात्रै अब निःशुल्क नहुने उल्लेख रहेको तर संक्रमितको ट्रेसिङ र स्वाब संकलनका विषयमा सरकारको कुनै निर्देशन नआएको अवस्थामा अलमल बढेको छ।’पहिलोपोस्टको लागि राधेश्याम पटेलले तयार पर्नु भएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑