• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोरोना बीमा ७ दिनभित्रै भुक्तानी गर्न सरकारको निर्देशन

  • वीरगंज संजाल
  • १९ कार्तिक २०७७, बुधबार ०८:०६
  • ६७०९

    वीरगन्ज । कोरोना बीमाको दाबीमा ढिलाइ भएपछि सरकारले ७ दिनभित्रै दाबी भुक्तानीको व्यवस्था गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ । कोरोना बीमा मापदण्डअनुसार नै रहेर ७ दिनभित्र दाबी भुक्तानी दिन सरकारले निर्देशन दिएको हो ।

    यस सम्बन्धमा अर्थ मन्त्रालयले मंगलवार बीमा समितिलाई निर्देशन दिएको थियो । सोही निर्देशनको आधारमा बीमा समितिले मंगलवार नै एक परिपत्र जारी गर्दै कम्पनीहरूलाई तोकिएको समयावधिभित्रै दाबी भुक्तानी दिन निर्देशन दिएको हो ।

    कोरोना संक्रमण पुष्टि भएका सबै बीमितहरूलाई एक हप्ताभित्रै दाबी भुक्तानी दिनुपर्ने बीमा समितिको निर्देशनमा उल्लेख छ । अर्थ मन्त्रायले १ हप्ताभित्रै दाबी भुक्तानी दिने व्यवस्था गर्न भनेपछि यस सम्बन्धमा निर्देशन जारी गरिएको बीमा समितिका कार्यकारी निर्देशन राजुरमण पौडेल बताउँछन् ।

    ‘अर्थ मन्त्रालयले मंगलवार नै यस सम्बन्धमा पत्र पठाएको थियो । त्यसपछि हामीले मंगलवार नै निर्देशन जारी गरेका हौं,’ उनले भने, ‘सम्भवतः अब कोरोना पुष्टि भएका बीमितले समयमै दाबी पाउनेछन् । पेडिङमा रहेको दाबी पनि छिट्टै भुक्तानी हुनेछ ।’

    यसका लागि मंगलवार अर्थमन्त्री विष्णुप्रसाद पौडेलको उपस्थितिमा अर्थ मन्त्रालयमा बैठकले सो कार्यको समन्वय र अनुगमन बीमा समितिले गरी दाबी भुक्तानीको दैनिक प्रतिवेदन अर्थ मन्त्रालयमा पठाउने निर्णय पनि गरेको छ । बैठकमा अर्थमन्त्री पौडेलले बीमितहरूले दाबी गर्नासाथ अविलम्ब भुक्तानी दिने व्यवस्था मिलाउन समितिलाई निर्देशन दिएका थिए । यस्तै, कोरोना बीमाको दाबी भुक्तानी कार्यमा सेवाग्राहीबाट आएका गुनासाको सुनुवाइ गर्न सम्बन्धित बीमा कम्पनीहरूलाई निर्देशन दिन हटलाइन टेलिफोन सहितको हेल्प डेस्क सञ्चालन गर्ने व्यवस्था बीमा समितिले तत्काल मिलाउने निर्णय पनि भएको छ । बैठकमा अर्थ मन्त्रालयका सचिवद्वय शिशिरकुमार ढुंगाना, रामशरण पुडासैनी, बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईं, बीमक संघका अध्यक्ष दीपप्रकाश पाण्डे लगायतको उपस्थिति थियो ।

    कोरोना बीमा मापदण्डमा आवेदन दिएको ७ दिनभित्रै दाबी भुक्तानी दिनुपर्ने व्यवस्था छ । तर, बीमा कम्पनीहरूले विभिन्न बहाना देखाउँदै दाबी भुक्तानी समयमा गरेका छैनन् । दाबी भुक्तानीका लागि हालसम्म १३ हजारभन्दा बढी आवेदन आएको छ । तर, बीमा कम्पनीहरूले करीब १ हजार ४४१ जनालाई मात्रा दाबी भुक्तानी गरेका छन् ।

    रकमका आधारमा रू. १ अर्ब २८ करोड बराबरको दाबी परेको छ । तर, कम्पनीहरूले अहिलेसम्म रू. १३ करोड ७२ लाख मात्र भुक्तानी दिएका छन् । यसरी दाबी भुक्तानीमा ढिलाइ भएपछि सरकारले दाबी भुक्तानी समयमै गर्न निर्देशन दिएको हो । बीमा समितिका कार्यकारी निर्देशक पौडेलले पनि अब बीमा कम्पनीहरूले दाबी भुक्तानी दिने विश्वास व्यक्त गरे । हालसम्म १७ लाख ७० हजारभन्दा बढी व्यक्तिले यस्तो बीमा गरेका छन् ।

    रू. १ अर्बसम्मको दाबी पर्दा बीमा कम्पनीहरूले नै भुक्तानी गर्नुपर्छ । त्योभन्दा बढीको दाबी परेमा बीमा समिति, कम्पनीको महाविपत्ति कोष र सरकारमार्फत गरिने व्यवस्था छ । अब सोही व्यवस्था अनुसार नै दाबी भुक्तानी गरिने बताइएको छ ।

    दाबीमा ढिलाइ हुँदा पछिल्लो समय कोरोना बीमा पटक पटक विवादमा पर्दै आएको छ । अब दाबी भुक्तानी समयमै भए त्यो विवाद पनि अन्त्य हुने समितिको विश्वास छ ।

    नेपालमा कोरोना संक्रमण शुरू हुन थालेपछि बीमा समितिले गत वैशाखदेखि लघुबीमा अन्तर्गत कोरोना बीमा कार्यक्रम शुरुआत गरेको थियो । त्यसपछि निर्जीवन बीमा कम्पनीहरूले लघुबीमा पुलमार्फत यो कार्यक्रम सञ्चालन गर्दै आएका छन् । यसबाट हुने व्यवसाय र दायित्व सबै कम्पनीलाई तोकिएको मात्रामा बाँडफाँट गरिएको छ । यस्तो बीमामा सरकारले ५० प्रतिशत अनुदानसमेत दिँदै आएको छ ।

    पहिलो यस बीमाको बीमांक रू. ५० हजार र रू. १ लाख रहेको थियो । तर गत भदौ २९ देखि बीमांकको सीमा हटाएर संक्रमित हुने बीमितले रू. २५ हजार पाउने व्यवस्था छ ।  यस्तै संक्रमित भएर अस्पताल भर्ना हुनुपर्ने भएमा बीमितले बिलको आधारमा रू. ७५ हजारसम्म भुक्तानी पाउने व्यवस्था गरिएको छ । तर, भदौ २९ गते अगाडिका बीमितले भने संक्रमण भएपछि बीमांक बराबरको रकम नै भुक्तानी पाउँछन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट
  • गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग
  • भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत
  • ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा

    मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने

    सडकमा गाडी रोकेर सामान बेच्ने ३ गाडीलाई ४५ हजार जरिबाना

    समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिमको शुभारम्भ

    मधेस सरकारको बजेट खर्च २० प्रतिशतमात्रै

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    News

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    News

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    News

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    News

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑