• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    विशिष्ट र पूर्वविशिष्टलाई सुरक्षा : सुधार गर्न खोज्दा हाकिम रुष्ट

  • वीरगंज संजाल
  • ७ आश्विन २०७६, मंगलवार ०९:२३
  • ६५८९

    काठमाडौं । विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थासम्बन्धी नयाँ कार्यविधि कार्यान्वयन नहुँदा व्यक्तिगत सुरक्षाका नाममा घरेलु काममा लगाइएका राष्ट्रसेवक सुरक्षाकर्मीलाई तत्काल फिर्ता बोलाउन समस्या देखिएको छ ।

    सरकारका पूर्व तथा बहालवाला विशिष्ट व्यक्तिको सुरक्षामा खटिने प्रहरी कर्मचारीलाई पीएसओ (पर्सनल सेक्युरिटी अफिसर्स) भन्ने गरिन्छ । पीएसओ अधिकृतसंँगै अन्य प्रहरी कर्मचारीसमेत घरेलु कामदारका रूपमा प्रयोग हुन थालेपछि चर्को विरोध हुन थालेको हो ।

    गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट व्यक्तिगत सुरक्षामा खटाइएका अधिकांश प्रहरी कर्मचारी फिर्ता आएको दाबी गरे पनि कतिपय विशिष्ट तथा पूर्वविशिष्ट व्यक्तिको सुरक्षामा खटिएकालाई फिर्ता गर्न भीआईपी सुरक्षा कार्यविधि कार्यान्वयन नहुँदा समस्या देखिएको छ ।

    गृह प्रवक्ता रामकृष्ण सुवेदी राज्यका पूर्वविशिष्ट व्यक्ति तथा पूर्वप्रहरी अधिकारीसँग मापदण्डविपरीत खटिइएका सुरक्षाकर्मी फिर्ता गरिसकेको बताउँछन् । गृहमन्त्री रामबहादुर थापाले गृह प्रशासन सुधारको ८२ बुँदे कार्ययोजनामा यस विषयलाई प्राथमिकतामा राखेका थिए ।

    स्थानीय, प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको बेला व्यक्तिगत शान्तिसुरक्षाको कारण जनाउँदै उपलब्ध गराइएका सुरक्षाकर्मी फिर्ता भएको प्रवक्ता सुवेदीले स्पष्ट पारे । पूर्वप्रहरी अधिकारीको घरमा पठाइएका सुरक्षाकर्मीलाई पनि फिर्ता गरिएको छ ।

    तर पूर्वप्रधानमन्त्री, उपप्रधानमन्त्री, गृहमन्त्री, अर्थ र राज्यमन्त्रीलाई उपलब्ध गराइएका सुरक्षाकर्मी फिर्ता भएका छैनन् । उनीहरुको व्यक्तिगत सुरक्षाका लागि अहिलेको अवस्थामा कतिको संख्यामा सुरक्षाकर्मी खटाउने भन्नेसम्बन्धी कार्यविधि कार्यान्वयन नहुँदा यस्तो समस्या देखिएको हो ।

    गृह मन्त्रालय सुरक्षा महाशाखाका उपसचिव उमाकान्त अधिकारी अतिविशिष्ट (भीभीआईपी) सुरक्षासम्बन्धी कार्यविधि बनिसकेको तर स्वीकृत हुन बाँकी रहेको बताउँछन् ।

    प्रहरी र सशस्त्र प्रहरी दुईवटै सुरक्षा सङ्गठनले बहाल तथा पूर्वप्रहरी अधिकारीले व्यक्तिगत सुरक्षाका नाममा घरेलु कामदारका रूपमा प्रयोग गरेका करिब एक हजार प्रहरीलाई फिर्ता गरेको छ ।

    प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भने, ‘सुधार गर्न खोज्दा हाकिमहरू धेरै रुष्ट भएका छन् ।’ त्यस्तै विभिन्न राजनीतिक पार्टीका वरिष्ठ नेता, पूर्वप्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्रीलगायतका विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थामा खटाइएका सुरक्षाकर्मीलाई तत्काल फिर्ता गर्न कार्यविधि कार्यान्वयन गर्नैपर्ने बाध्यता आइलागेको छ ।

    आजको गोरखापत्र दैनिकमा देवबहादुर कुँवरले यो समाचार लेखेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पाँचवटा प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
  • वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट
  • सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु
  • स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पाँचवटा प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

    वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

    सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    अफिमसहित चार जना पक्राउ

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    पाँचवटा प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

    वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

    सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    अफिमसहित चार जना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पाँचवटा प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

    News

    वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

    News

    सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

    News

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    News

    अफिमसहित चार जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑