• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अण्डा कति खाने? कसरी खाने?

  • वीरगंज संजाल
  • १४ कार्तिक २०७७, शुक्रबार १९:०४
  • ३८४५

    बिबिसी | अण्डा स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ। तर एकदिनमा कति अण्डा खानुपर्छ र पकाउने सही तरिका के हो भन्नेबारेमा तपाईंलाई थाहा छ ? या धेरै अण्डाले हानी गर्न सक्छ ?

    चिकित्सकहरु पोषक तत्वले भरपूर भएकाले खानामा अण्डा सामेल गर्न सल्लाह दिन्छन्। यो भिटामिन ए, बी, डी र बी १२ का अलावा लुटीन र जीएजेन्थिनजस्ता पोषक तत्वले भरपूर हुन्छ। आँखाका लागि पनि अण्डा सेवन उपयोगी मानिन्छ। बेलायतका डाइटिसियन डा. फ्र्यांकी फिलिप्सका अनुसार एक दिनमा एक या दुइ अण्डामात्र खान सकिन्छ। उनी भन्छन्, ‘धेरै अण्डा खाँदा डराउनुपर्दैन। तर के ध्यान दिनुस् भने कुनै पनि खानेकुरा बढी खानु भनेको अरु खानेकुुराबाट प्राप्त हुने पोषकतत्वबाट वन्चित रहनु हो।’

    यहीकारण डाइटिसियनहरु सन्तुलित भोजनमा ध्यान दिन्छन्।

    चिकित्सकका अनुसार दैनिक भोजनमा अन्य खालका प्रोटीन पनि हुन्छन्। खानामा आवश्यकभन्दा दुई या तीन गुणा बढी प्रोटीनको उपभोगले मिर्गौलामा खराब असर गर्ने डर हुन्छ।
    अण्डामा कोलेस्टेरोल हुन्छ भन्ने प्रमाणित भएपछि ब्रिटिश हार्ट फाउण्डेसनले सन् २००७ मा हप्तामा तीनवटा अण्डामात्र खाने सल्लाह दिएको थियो। नेशनल हेल्थ सर्भिसका अनुसार अण्डामा केही कोलेस्टेरोल त हुन्छ तर  हाम्रो रगतमा पाइने कोलेस्टेरोलभन्दा कम हुन्छ। अर्को हिसाबले भन्ने हो भने अण्डामा पाइने कोलेस्टेरोल ठूलो समस्या होइन। स्याचुरेटेड फ्याट बनेको कोलेस्टेरोलचाहिँ ठूलो समस्या हो।

    मुटुसम्बन्धी बेलायती संस्थाका अनुसार एउटा अण्डामा ४.६ ग्राम अर्थात् एक चम्चा बोसो हुन्छ। तर यसको एक चौथाई भागमात्र स्याचुरेटेड हुन्छ। यसको मतलब अण्डाकै कारण  शरीरको कोलेस्टेरोलमा ठूलो असर पर्दैन भन्ने हो। तर अण्डासँग मख्खन या क्रिम खानाले अर्को नतिजा निस्कन्छ।

    बेलायतका पूर्व स्वास्थ्यमन्त्री एडिविना कुरील सन् १९८८ को डिसेम्बरमा बेलायतमा उत्पादन भएका अधिकांश अण्डामा साल्मोनेला ब्याक्टेरिया हुने बताएकी थिइन्। यो ब्याक्टेरिया स्वास्थ्यका लागि खतरनाक मानिन्छ। स्वास्थ्यमन्त्रीको यो भनाईपछि त्यतिबेला बेलायतमा निकै हलचल मच्चिएको थियो। केहीसमयपछि एडविनाले राजीनामा नै दिनुपरेको थियो। तर साल्मोनेलाको मामलामा बेलायतको अण्डा आजकाल विश्वकै सुरक्षित मानिन्छ। बेलायती बजारमा पाइने अण्डामा लायन चिन्ह छ भने त्यसको अर्थ कुखुरालाई साल्मोनेलाबाट बच्ने इन्जेक्सन दिइसकिएको छ। गतवर्ष यो अण्डा गर्भवती र बच्चाका लागि सुरक्षित रहेको घोषणा गरिएको थियो।

    विशेषज्ञ भन्छन्, ‘अण्डामा खतरनाक ब्याक्टेरियाको खतरा निकै कम हुन्छ, यसैले यसको सेवनका लागि डराउनुपर्ने कारण छैन।’

    डाइटिसियनका अनुसार अण्डा खानुछ भने सादा तरिकाले उमालेर खानुपर्छ। अमलेट बनाइएको या फ्राइ गरिएको अण्डामा कोलेस्टेरोलको मात्रा बढ्छ।

    यदि अण्डाको बोक्रा चर्किएको छ भने त्यस्तो अण्डा किन्नुहुँदैंन। किनभने त्यसमा ब्याक्टेरिया हुने खतरा हुन्छ। यसलाई फ्रिजमा ढाकेर राख्नुपर्छ। अण्डाको सेतो भागलाइ डब्बामा राखेर तीन हप्तासम्म फ्रिजमा राख्न सकिन्छ भने  पहेंलो भागलाई तीन दिनसम्म राख्न सकिन्छ।

    ताजा हो कि होइन भनेर कसरी थाहा पाउने ?

    अण्डा ताजा हो कि होइन भन्ने जान्न एउटा कचौरामा चिसो पानी लिनुपर्छ। त्यसमा अण्डा हाल्नुपर्छ। यदि अण्डा डुब्छ भने त्यो ताजा हो, डुब्दैन भने त्यो ताजा होइन। कुखुराले अण्डा पारेको दिनदेखि २८ दिनसम्म खान योग्य हुन्छ।

    अण्डाको एलर्जी 

    केही व्यक्तिलाई अण्डाको एलर्जी हुन्छ खासगरी ५ वर्षभन्दा कम उमेरका बालबालिकालाई यस्तो समस्या हुन्छ। अण्डाका एलर्जीका केही लक्षण :
    मुख वरिपरी रातो हुनु या सुन्निनु
    पेट दुख्ने
    बान्ता हुने

    यसको एलर्जी ज्यान लिने खालको हुँदैंन। तर एलर्जी  भए तत्काल डाक्टरको सल्लाह लिनुपर्छ।

    डा फिलिप्स भन्छन्, ‘एलर्जी नभएका व्यक्तिले कुनै पनि प्रकारले अण्डा खान सक्छन्। तर अण्डा कसरी बनाउने भन्नेमा पनि ध्यान दिनुपर्छ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट
  • गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग
  • भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत
  • ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा

    मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने

    सडकमा गाडी रोकेर सामान बेच्ने ३ गाडीलाई ४५ हजार जरिबाना

    समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिमको शुभारम्भ

    मधेस सरकारको बजेट खर्च २० प्रतिशतमात्रै

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    News

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    News

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    News

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    News

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑