वीरगंज | देशभर कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ। बिहीबार ३८ हजार ९ सय ५२ जना संक्रिय संक्रमित मध्ये ३१ हजार ८ सय ९८ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार सबैभन्दा धेरै बागमती प्रदेशमा १८ हजार ७६ जना होम आइसोलेसनमा छन्।
त्यस्तै प्रदेश १ मा ६ हजार १ सय ८३, प्रदेश २ मा १ हजार १, लुम्बिनी प्रदेशमा ३ हजार ७ सय ४१, सुदूरपश्चिम प्रदेशमा ९ सय ९८, गण्डकी प्रदेशमा १ हजार ३२६ र कर्णाली प्रदेशमा ५७३ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।