नयाँदिल्ली । इन्डियन फिल्म फेस्टिबल अफ मेलबनमा दिवंगत अभिनेता ऋषि कपुर, इरफान खान र सुशान्तसिंह राजपुतका चलचित्रहरु स्पेसल स्क्रिनिङमा प्रदर्शनी गरिने भएको छ । अभिनेताहरुप्रति सम्मान स्वरुप उनीहरुको चलचित्र प्रदर्शन गर्न लागिएको हो । फिल्म महोत्सवको श्रद्धाञ्जली सेक्सनमा इरफानको चलचित्र ‘सांग अफ स्क्रोपियन्स’, ऋषिको चलचित्र ‘१०२ नट आउट’ र सुशान्तको चलचित्र ‘केदारनाथ’ को प्रदर्शनी गरिनेछ ।
विज्ञप्तिमा महोत्सवका निर्देशक मितु भौमिकले भनेकी छन्, “कलाकारहरु आफ्नो विरासतका आधारमा जिउँछन् । यी केही राम्रा पुरुष थिए जसले उत्कृष्ट काम गरेका थिए । उनीहरुको सम्झना सेलिब्रेट गर्न जरुरी छ । हामीले केही हाम्रा दर्शकका लागि केही उत्कृष्ट चलचित्रहरु चुनेका छौं ताकि उनीहरुको जीवन थोरै मात्रामा पुनः जिउन सकुँ । उनीहरुको बिदाई चलचित्र उद्योगका लागि अपरिवर्तनीय छ तर उनीहरुको चलचित्रको जादुपछिका पुस्ताहरुका लागि निरन्तर जारी रहनेछ ।”
ऋषिको ‘१०२ नट आउट’ मा अभिनेता अमिताभ बच्चन पनि छन् । चलचित्रमा अमिताभले ऋषिको बाबुको भूमिका निभाएका छन् ।
वर्ष २०२० बलिउडका लागि कालो वर्षका रुपमा आयोभन्दा फरक नपर्ला । किनभने २९ अप्रिलमा इरफान खानको निधन भयो । त्यसको भोलिपल्टै (२० अप्रिल) ऋषि कपुरको पनि निधन भएको थियो । उनीहरु दुवैजना क्यानसर रोगबाट पीडित थिए । अभिनेता सुशान्त सिंह राजपूत भने १४ जुनमा बान्द्रास्थित आफ्नै अपार्टमेन्टमा झुन्डिएको अवस्थामा फेला परे ।
-हिन्दुस्तान टाइम्स