• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / जीवनशैली

    कोरोना भाइरस किन यति खतरनाक बनिरहेको छ? विज्ञ भन्छन् : यी हुन् ५ कारण

  • वीरगंज संजाल
  • ९ कार्तिक २०७७, आईतवार १८:०८
  • ३३३३

    वीरगंज | कोरोना भाइरसले यतिबेला पूरै विश्व आक्रान्त छ। यसअघि पनि मानिसलाई भाइरसले आक्रमण नगरेका होइनन‍्। यस्ता महामारी नफैलिएका होइनन्। तर ती नियन्त्रण गर्न यति कठिन भएको थिएन।कोरोना भाइरस नै यस्तो किन? यसको जीवशास्त्रमा त्यस्तो के छ, जसले गर्दा मानव जीवनका लागि यो यति खतरनाक बनिरहेको छ?

    १. धोका दिन सिपालु 
    संक्रमणको सुरुवाती चरणमा कोरोना भाइरस तपाईंको शरीरलाई धोका दिन्छ। अर्थात् याे भाइरस हाम्रो फोक्सो र श्वासप्रश्वास प्रणालीमा ठूलो मात्रामा बसिसकेकाे हुन्छ, तर पनि हाम्रो प्रतिरक्षा प्रणाली (इम्युन सिस्टम) लाई लाग्छ कि सबै ठीकठाक छ।युनिभर्सिटी अफ क्याम्ब्रिजका प्राध्यापक पल लेहनर भन्छन्, ‘यो अचम्मको भाइरस हो। यसले तपाईंको नाकलाई आफ्नो कारखाना बनाइसक्छ, तर तपाईंलाई लाग्छ कि म ठीकै छु।’

    हाम्रो शरीरका कोषिकाले इन्टरफर्नाे नामको रसायन उत्पादन गर्छन्। जब त्यसमा कुनै भाइरस प्रवेश गर्छ तब हाम्रो शरीरको प्रतिरक्षा प्रणालीले चेतावनी दिन्छ। तर कोरोना भाइरसमा यस्तो चेतावनी रोक्ने गजबको क्षमता हुन्छ।प्राध्यापक लेहनर भन्छन्, ‘यो भाइरसले यति कुशलतापूर्वक आफ्नो काम गर्छ कि तपाईंलाई थाहै हुँदैन कि तपाईं बिरामी हुनुहुन्छ।’उनका अनुसार शरीरकाे कोषिकामा भाइरस बसेकाे लामो समय भइसक्दा पनि संक्रमणको महसुस हुँदैन, परीक्षण गरेपछि मात्रै भाइरस रहेको थाहा हुन्छ।

    २. हिट एन्ड रनजस्तो भाइरस
    हाम्रो शरीमा भाइरसको भार उच्च भइसकेपछि मात्र हामी बिरामी पर्छाैं र लक्षण देखिन थाल्छन्।यसकारण लक्षण नदेखिए पनि शरीरमा भाइरस प्रवेश गरिसकेकाे हुन सक्छ र एक व्यक्तिले अर्काे व्यक्तिलाई सार्न सक्छ। बिरामी अस्पताल भर्ना हुनुपर्ने गरी भाइरल लोड पुग्न करिब एक हप्ता लाग्छ।प्राध्यापक लेहनर भन्छन्, ‘आफूलाई वृद्धि गर्ने यसको शानदार तरिका छ। यसले बिरामीलाई तुरुन्त अस्पताल जाने अवस्थामा पुर्‍याउँदैन। आरामैजस्ताे महसुस गराउँछ र संक्रमितलाई पर्याप्त मात्रामा बाहिर घुमफिर गर्ने समय दिन्छ, जसका कारण भाइरस अन्य व्यक्तिमा फैलिन पाउँछ।’

    यसर्थ कोरोना भाइरस त्यस्तो चलाख चालकजस्तो छ, जो दुर्घटना गराएर तुरुन्त भाग्छ। कुनै संक्रमित सञ्चो हुनु वा मर्नुअघि ऊ तुरुन्त अर्काे व्यक्तिमा सर्छ।सन् २००९ मा देखापरेकाे मूल सार्स-कोरोना भाइरस र अहिले फैलिएको कोरोना भाइरसमा धेरै अन्तर छ। मूल सार्स-कोरोना भाइरस संक्रमण हुनेबित्तिकै मानिस बिरामी पर्थे र लक्षण देखिन्थे, जसले गर्दा उसलाई तुरुन्तै अलग ठाउँमा राख्न भ्याइन्थ्यो।

    ३. शरीरका लागि अपरिचित भाइरस
    यसअघिको महामारीको सम्झना गरौं। सन् २००९ मा मानिस एच१एन१ अर्थात् स्वाइन फ्लुबाट निकै डराउँथे। तर त्यसले त्यति धेरैकाे ज्यान लिएन, जति चिन्ता गरिएको थियो।कारण के हाे भने यस भाइरसविरुद्ध लड्ने क्षमता केही हदसम्म वृद्ध मानिसमा पनि थियो। किनकि यस किसिमको भाइरस पहिले पनि फैलिसकेको थियो। युनिभर्सिटी अफ म्यानचेस्टरका प्राध्यापक ट्रेसी हसल भन्छन्, ‘यो नयाँ किसिमको भाइरस हो, यसैकारण मानिसमा यसविरुद्ध लड्ने प्रतिरक्षा प्रणाली नै छैन। यसको नयाँ प्रभाव तपाईंको शरीरको प्रतिरक्षा प्रणालीका लागि एउटा झट्का साबित हुन्छ।’

    यसको तुलना युरोपमा देखापरेको स्मलपक्ससँग गर्न सकिन्छ। जुन भाइरसविरुद्ध पनि मानिसमा प्रतिरोधी क्षमता थिएन, जसले गर्दा घातक परिणाम बेहोर्नपर्‍याे। भाइरसविरुद्ध लड्ने नयाँ प्रतिरक्षा प्रणाली बन्न वृद्ध मानिसका लागि एकदमै मुस्किल हुन्छ, किनकि उनीहरूको प्रतिरक्षा प्रणाली नै कमजोर भइसकेको हुन्छ। नयाँ भाइरसविरुद्ध लड्ने नयाँ प्रतिरक्षा प्रणाली बन्न निकै परिवर्तनबाट गुज्रिनुपर्ने हुन्छ। जस्तो कि जीवनमा आउने नयाँ समस्या समाधान गर्न कति तरिका अपनाउनुपर्छ। जुन कुनै सफल हुन्छ त कुनै असफल। कुनै कुरा परिवर्तन पनि गर्नुपर्ने हुन्छ। यस्तै हो, प्रतिरक्षा प्रणाली विकास हुने प्रक्रिया पनि।तर धेरै उमेरका मानिसमा प्रतिरक्षा प्रणालीको महत्वपूर्ण अंश मानिने टी-सेल्स एकदमै कम बन्छ। यसकारण प्रतिरक्षा प्रणाली विकास हुन गाह्रो पर्छ।

    ४. पूरै शरीरमा फैलिन्छ
    कोरोना भाइरसले फोक्सोमा त संक्रमण गर्छ नै, पूरै शरीमा फैलिन्छ। किङ्स कलेज अफ लन्डनका प्राध्यापक मारो गाका भन्छन्, ‘कोरोनाका धेरै कुरा निकै अनौठा छन्, यो अन्य भाइरसभन्दा एकदमै फरक छ।’उनका अनुसार यसले फोक्सोका कोषिकालाई मार्ने काम मात्र गर्दैन, तिनलाई बिगार्छ पनि। यसबाट खराब भएका कोषिकाले आफ्ना आसपासका स्वस्थ कोषिकालाई पनि खराब बनाइदिन्छन्।प्राध्यापक गाका भन्छन्, ‘फ्लु निको भएपछि तपाईंको फोक्सो फेरि पूरै स्वस्थ हुन सक्छ। तर कोरोना संक्रमणपछि यस्तो हुँदैन। यो अजिबको संक्रमण हो।’

    यसमा शरीरमा रगत जम्ने समस्या पनि हुन्छ। धेरैपटक चिकित्सकलाई यस्ता बिरामीको नसा पत्ता लगाउनसमेत मुस्किल हुने गरेको छ।किङ्स कलेज अफ लन्डनका प्राध्यापक बेवरली हन्ट भन्छन्, ‘कोरोनाले केही बिरामीमा रगत जमाउने रसान सामान्यभन्दा २००, ३००, ४०० गुनासम्म बढी पाइएको छ।’उनले इनसाइड हेल्थसँग भनेका छन्, ‘म इमान्दराीसाथ भन्न चाहन्छु कि मैले आफ्नो चिकित्सकीय जीवनमा अहिलेसम्म यति गाढा रगतवाला बिरामी देखेको थिइनँ।’

    कोरोना भाइरसले पूरै शरीरलाई प्रभावित पार्न सक्नुको कारण हो- शरीरमा भएको एसीई-२ रिस्पेटर, जसमार्फत भाइरसले कोषिलाई संक्रमण गर्छ। एसीई-२ रिस्पेटर, एक किसिमको प्रोटिन हो, जुन रक्त कोषिका, फोक्सो, कलेजो र मिर्गाैलासहित पूरै शरीरमा हुन्छ। यसकारण कोरोना भाइरस शरीरका हरेक अंगमा पुग्छ।

    ५. माेटाेपनका लागि झन् खतरनाक 
    यदि तपाईंको तौल धेरै छ भने त कोरोनाले तपाईंलाई धेरै हानि गर्ने जाेखिम हुन्छ।युनिभर्सिटी अफ क्याम्ब्रिजका प्राध्यापक स्टिफन ओ रहेली भन्छन्, ‘मोटोपनसँग यसको गहिरो सम्बन्ध छ, जुन सम्बन्ध अन्य भाइरसमा देखिन्न। वास्तवमा, सम्पूर्ण शरीरमा रहेको बोसोले मेटाबोलिक गडबडी गराउँछ, जसले गर्दा माेटा मानिस कोरोना भाइरसबाट थप प्रभावित हुन्छन्।’कोरोना भाइरस र यससँग सम्बन्धित प्रभावबारे थाहा नभएका अन्य धेरै कुरा समयसँगै पत्ता लाग्दै जालान्। यसबारे जस्ताजस्ता कुरा पत्ता लाग्दै जान्छन्, मानव शरीरले पनि त्यस्तैत्यस्तै नियन्त्रणका उपाय विकास गर्दै जानेछ। स्राेत : बीबीसी

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट
  • गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग
  • भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत
  • ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा

    मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने

    सडकमा गाडी रोकेर सामान बेच्ने ३ गाडीलाई ४५ हजार जरिबाना

    समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिमको शुभारम्भ

    मधेस सरकारको बजेट खर्च २० प्रतिशतमात्रै

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    News

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    News

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    News

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    News

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑