जिल्ला प्रशासन कार्यालय, रौतहटमा अत्यावश्यक बाहेकको सेवा बन्द
वीरगंज संजाल
२९ आश्विन २०७७, बिहीबार २०:०१
५५५३
रौतहट । कर्मचारीमा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय रौतहटले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ ।आफ्ना एक कर्मचारीमा संक्रमण देखिएपछी प्रशासनले सुचना जारी गर्दै अर्को सूचना नआएसम्मका लागि बिहीबारबाट सेवाहरु बन्द गरेकोे जानकारी दिएको छ ।
सरोकारवाला निकाय, स्वास्थ्य विज्ञ समेतको छलफलपछि नयाँ नेपाली नागरिकता वितरण, नागरिकता प्रतिलिपि, हातहतियार दर्ता, नवीकरण संस्था दर्ता पत्रपत्रिका दर्ता सेवाको कार्यहरु बन्द गरिएको छ ।
शान्ति सुरक्षा, ठाडो निवेदन तथा उजुरी, मुद्दाको सुनवाइ र विपद व्यवस्थापन सम्बन्धी सेवाहरु सुचारु रहने प्रशासनले जनाएको छ । नागरिकताका लागि सबै कागजपत्र बुझाइसकेको हकमा भने स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर आएमा उपलब्ध गराइने जनाईएको छ ।