• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ७८ पुगे अमिताभ, यी हुन् उत्कृष्ट १० फिल्म

  • वीरगंज संजाल
  • २६ आश्विन २०७७, सोमबार १३:०२
  • ३४४१

    एजेन्सी | बलिउडमा ‘बिग बी’को उपनामले ख्याति कमाएका अमिताभ बच्चन ७८ वर्ष पुगेका छन्। ‘उमेर भनेको केवल एक संख्या हो’ भन्ने उखान उनका लागि निकै सान्दर्भिक हुन्छ। किनकि साढे सात दशकको उमेर पार गरिसक्दा पनि उनको जोश र सक्रियतामा कुनै कमी छैन।८० को नजिकै रहेका उनी हालैमात्र कोरोना संक्रमणमुक्त भएका छन्। फेरि आफ्नै कर्ममा फर्केका उनी अहिले ‘कौन बनेगा करोडपति’ शो चलाई रहेका छन्।

    पछिल्लो चार दशकमा कहिले ‘विजय’ बनेर त कहिले ‘पा’को भूमिकामा अमिताभ छाउँदै आएका छन्। ७८ वर्षको उमेर सामान्यतया रिटायर्ड भएर आराम गर्ने समय हो। तर, उनी अझै पनि त्यही जवानीको जोसमा फिल्महरुमा अभिनय गरिरहेका छन्। १९ वर्षयता ‘कौन बनेगा करोडपति’का होस्टको रूपमा देखिँदै आएका उनी अहिले पनि पूरानै जोसमा कार्यक्रम चलाउँछन्। उनको  अभिनयको यात्रा अहिले पनि जारी छ। यद्यपि याे वर्ष कोरोनाका कारणले उनी केही फुर्सदमा छन्।

    अमिताभ पछिल्लो दुई वर्षमा एक–दुई मात्र होइन, पाँच अलग–अलग फिल्ममा देखिए। यसमा सबैभन्दा अगाडि छ, २०१८ को दीपावलीको कोसेली ‘ठग्स अफ हिन्दुस्तान’। यस फिल्ममा पहिलो पटक अमिताभ र आमिर खान एकसाथ देखा परे। सो फिल्मको निर्देशन विजयकृष्णा आचार्यले गरेका छन्। ‘ठग्स अफ हिन्दुस्तान’मा अमिताभ र आमिरका साथै कैटरिना कैफ र फातिमा सना शेख पनि देखा परेका थिए।

    त्यसपछि  अर्को फिल्म हो ‘१०२ नटआउट’।  ‘अमर अकबर एन्थनी’ मा एकसाथ काम गरेका अमिताभ र ऋषि कपुर करिब २६ वर्षपछि यो फिल्ममा फेरि सँगै देखिएका थिए। यस फिल्मको निर्देशन ‘ओएमजी-ओ माई गड’ र ‘अल इज वेल’ जस्ता फिल्म बनाइसकेका उमेश शुक्लाले गरेका थिए। यो फिल्म १०२ वर्षीय एक पिता दत्तात्रेय बखारिया र उनका ७५ वर्षका छोरा बाबुको कथा थियो। उक्त कथामा पनि उनी खरो उत्रे।

    अमिताभले काम गरेको अर्को फिल्म हो, प्याडम्यान। ट्विंकल खन्नाको प्रोडक्सन हाउसले बनाएको फिल्ममा अक्षय कुमार महत्वपूर्ण भूमिकामा भए पनि अमिताभ पनि स्टारमै रुपमा थिए। निर्देशक आर बाल्कीको यो फिल्ममा महिलाको मासिक धर्मलाई हेरेर एक व्यक्तिले सस्तो स्यानिटरी प्याड बनाउने कहानी प्रस्तुत गरिएको थियो।

    सन् २००२ मा आएको फिल्म ‘आंखे’ फिल्म धेरै दर्शकको मनमा बसेको थियो। तीन जना दृष्टिविहीन व्यक्तिले बैंक लुटेको कथा रहेको सो फिल्मको सिक्वेल चाँडै बन्ने भनिएको थियो। बलिउडका महानायक अमिताभ बच्चनले थुप्रै सुपरहिट फिल्म दिएका छन्। उनले खेलेका सयौं फिल्ममध्येबाट १० वटा उत्कृष्ट फिल्म छान्न सजिलो छैन। तर, विभिन्न भारतीय सञ्चारमाध्यममा आएका समाचार र समीक्षकहरुका आधारमा अमिताभको जीवनमै हलचल ल्याउने सर्वोत्कृष्ट १० फिल्म यहाँ प्रस्तुत गरिएको छ:

    १. आनन्द (१९७१)

    यो फिल्ममा नायक थिए, सुपरस्टार राजेश खन्ना। बाबु मोसायको चरित्रमा अमिताभ बच्चन सहायक भूमिकामा थिए। तर,सशक्त अभिनयको बलमा अमिताभले दर्शकको ध्यान आफूतिर तान्न सफल भए। आनन्द राजेश खन्नाको श्रेष्ठ फिल्ममध्ये एक मान्न सकिन्छ। तर, फिल्म हेरिसकेपछि अमिताभलाई कुनै दर्शकले पनि भुल्न सक्दैनन्। दोस्रो दर्जाको भूमिका भएर पनि अमिताभले यो फिल्ममार्फत् बलिउडमा आफ्नो उपस्थिति सशक्त ढंगले दर्शाए।

    २. जंजीर (१९७३)

    बलिउडका दिग्गज कलाकारले अस्वीकार गरिदिएपछि बाध्य भएर निर्देशक प्रकाश मेहराले अमिताभ बच्चनलाई हिरो बनाएका थिए। कलाकार प्राणसँग जब अमिताभले पहिलो दृश्य दिए, प्राणले मेहरालाई कुनामा लगेर भने, ‘यो केटो एक दिन बलिउडको सुपरस्टार बन्ने छ। फिल्म जंजीरबाटै अमिताभ योङ एंग्री म्यानले चिनिन थाले। यो फिल्म सुपरहिट भएपछि अमिताभले कहिल्यै पछाडि फर्कनु परेन।

    ३. दिवार (१९७५)

    सन् १९७० को दशकमा नायकले नकारात्मक भूमिका निभाउन मन पराउँदैनथे। तर, दिवारमा अमिताभ खलचरित्रमा देखापरेका थिए। नकारात्मक भूमिका भएर पनि दर्शकले अमिताभलाई खुब मन पराए।

    ४. शोले (१९७५)

    हिन्दी फिल्म जगतकै सफलतम फिल्ममध्ये एक शोलेमा जय र वीरुको जोडीको निकै प्रशंसा भयो। वीरुको तुलनामा जय कम बोल्थे। अमिताभले विनासंवाद आँखा र अनुहारको भावले धेरै दृश्यलाई अविस्मरणीय बनाइदिए। सहनायक जस्तो देखिए पनि यो फिल्ममा अमिताभलाई निकै रुचाइएको थियो।

    ५. अमर अकबर एन्थोनी (१९७७)
    मनमोहन देसाईको ठेट मसला फिल्ममध्ये एक ‘अमर अकबर एन्थोनी’मा अमिताभ एन्थोनीको भूमिकामा थिए। अमिताभ एक्लैले यो फिल्ममा दर्शकलाई पेट मिचीमिची हसाएका थिए। यो यस्तो समय थियो, अमिताभले पर्दामा जस्तोसुकै हर्कत गरे पनि दर्शक कुनै तर्क-वितर्क गर्दैनथे।

    ६. शक्ति (१९८२)

    यो सफलता प्राप्त गर्न सकेको फिल्म मानिँदैन। तर दर्शकले दुई जना महान अभिनेतालाई सँगै देख्ने अवसर प्राप्त गरेका थिए यो फिल्ममा। फिल्म शक्तिमा अमिताभसँगै अर्का महानायक दीलिपकुमार पनि थिए। अमिताभलाई यो फिल्ममा अभिनय गर्न निकै मुस्किल भएको थियो। उनलाई कैयौं पटक रिटेक दिनुपरेको थियो। यो फिल्ममा कसले राम्रो अभिनय गरेको थियो भनेर अहिलेसम्म पनि बहस जारी छ।

    ७. अग्निपथ (१९९०)

    फिल्म अग्निपथ बक्स अफिसमा असफल भएको थियो। तर पछि टेलिभिजनमा निकै लोकप्रियता प्राप्त गर्‍यो। यो फिल्ममा अमिताभले गरेको उत्कृष्ट अभिनयलाई अहिले पनि सम्झने गरिन्छ। अमिताभले यो फिल्ममार्फत् आफ्नो शैली परिवर्तन गरेका थिए। उनले आवाज बदलेका थिए। तर अमिताभको यो प्रयोग दर्शकले रुचाएनन्। तर बेजोड अभिनयका कारण अग्निपथबाट अमिताभलाई सर्वश्रेष्ठ अभिनेताको राष्ट्रिय पुरस्कार प्रदान गरिएको थियो।

    ८. ब्ल्याक (२००५)

    देवराज सहायको भूमिका निभाएर यस फिल्ममार्फत् आफूले अभिनयको शिखर चुमेझैं लाग्छ अमिताभलाई। फिल्म ब्ल्याकमाथि उनी गर्व गर्छन्। यो फिल्म हेरिसकेपछि लाग्छ, अमिताभको अभिनयको कुनै सीमा नै छैन। उनले यही फिल्ममार्फत् एक चरित्र अभिनेताको रुपमा समेत आफूलाई अब्बल सावित गरेका थिए।

    ९. पा (२००९)

    फिल्म ‘पा’मा अमिताभले १२ वर्षीय प्रोगेरिया पीडितको भूमिका निभाएका छन्। १२ वर्षीय ती पीडित सानै उमेरमा पनि ७० वर्षीय वृद्धजस्ता देखिन्छन्। यो भूमिका अमिताभले यति सहज ढंगले निर्वाह गरे कि, उनलाई चिन्न नै गाह्रो पर्थ्यो। त्यो पात्रको सोच १२ वर्षको बच्चा जस्तो थियो भने शरीर भने ७० वर्षको जस्तो। फिल्म पाबाट अमिताभले उत्कृष्ट अभिनेताको राष्ट्रिय पुरस्कार प्राप्त गरेका थिए।

    १०. पिकु (२०१५)

    फिल्म पिकुमा अमिताभले बंगाली पात्रको भूमिका निर्वाह गरेका छन्। ती बंगाली पात्र कब्जियतको शिकार हुन्छन्। अमिताभले यो भूमिका यति सशक्त ढंगले निभाए कि, दर्शक दंग परे। उत्कृष्ट अभिनयका लागि अमिताभलले यो फिल्मबाट पनि राष्ट्रिय पुरस्कार प्राप्त गरेका थिए।

    (यो सामग्री बिबिसी हिन्दी, बलिवुड हंगामा, द क्वान्टलगायतको सहयोगमा तयार पारिएको हो) 

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बढ्यो पेट्रोलियम पदार्थको मूल्य
  • ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति
  • ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम
  • पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    News

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    News

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    News

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    News

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑