सफा एक यस्तो चीज हो, जुन हाम्रो जीवनमा एक अहम् स्थान राखेको हुन्छ । स्वच्छता अभियमाको सुरुवात हरेक घरका प्रत्येक सदस्यबाट हुनु पर्छ । यदि कुनै प्रथम श्रेणीको चीजलाई हाम्रो जिन्दगीमा तृतीय श्रेणीको दर्जा दिएमा उतार चढाव आउनु स्वाभाविक हो ।
भारतको मध्य प्रदेशमो विदिशाको एक क्षेत्रमा एक दम्पत्तिबीच स्वच्छता कारण सम्बन्ध विच्छेदको चरणमा पुगेका छन् । पत्नीले पतिले कहिल्यै ननुहाउँने कारण आफुले छाड्न चाहेको एक परामर्श केन्द्मा दिएको उजुरीमा बताएकी छिन् । उनले पतिलाई सरसफाईको बिल्कुल ख्याल नभएको आरोप लगाएकी छिन् । महिलाले पतिले महिनौ सम्म नुहाउँने हुँदा उनको शरीरबाट दुर्गन्ध आउने गरेको बताएकी छिन् । उनले फोहोर आफुलाई मन नपर्ने कारणले पतिलाई नै छाड्न चाहेको उजुरीमा लेखेकी छिन् ।
पत्नीले पतिसँग अब बस्न नचाहेको परामर्श केन्द्रमा बताइन् । हाल भने पतिले सरसफाई गरेमा आफ्नो निर्णय परिर्वतन गर्न सक्ने सम्भावना पनि रहेको जानकारी दिइन् । उनका पतिले आफु पनि फोहोरी हुने र घर पनि फोहोर राख्ने गर्छन् ।
पत्नीको उजुरी पछि काउन्सिलरले पतिलाई सम्झउँदा पतिले अबका दिनमा दिनहुँ नुहाउने र घरपनि सफा राख्ने वचन दिएका छन् । पतिले सधै नुहाउँने वचन दिएपछि काउन्सिलरको अगाडी दुवैजना खुशी भएर सँगै घर फर्केका छन् । एजेन्सी