चाडपर्वमा हुने अपराधका घटनालाई मध्यनजर गरेर महानगरीय प्रहरी कार्यलयले उपत्यकामा विषेश सुरक्षा तैनाथी गर्ने भएको छ । कोरोना कहरका बिचमा मानिसहरू घरमा हुने भएकाले व्यवसायिक क्षेत्रमा हुनसक्ने चोरी डकैती र अपराधका घटनालाई मध्यनजर गर्दै तैनाथी बढाउने भएको हो ।दशैँमा कोभिडको कारणले र चाडको कारणले उत्पन्न हुनसक्ने अपराधलाई घटनाहरूलाई नियन्त्रण गर्ने हिसाबले उपत्यकामा महानगरीय प्रहरी कार्यलय रानीपोखरीले प्रहरीले सुरक्षा योजना ल्याएको हो ।
हरेक बस्तीका प्रहरीको गस्तीको व्यवस्था, सादा पोसाकमा प्रहरी एम्बुसिङको व्यवस्था, पुराना अपराधीहरूको खोजी गर्ने र विगतमा चाडपर्वमा अपराधका घटनाहरू भएका ठाउँको डाटा अध्ययन गरेर प्रहरी खटाउने काम भएको महानगरीय प्रहरी कार्यलय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले बताए ।
‘चाडपर्वमा विगतमा भएका घटनालाई अध्ययन गरेर उपत्यकाका धेरै घटना हुने ठाउँमा प्रहरीको तैनाथी बढाउने काम गरिरहेका छौं,’ डीआईजी पोखरेलले लोकान्तरसँग भने ।
कोभिड–१९ को कारणले यो बर्षमा उपत्यका छोडेर मानिसहरू कति जान्छन् ? यदि मानिसहरू बाहिर नगएको खण्डमा प्रहरी आँखा व्यवसायीक क्षेत्रमा जानेछ । चाडपर्वको समयमा मानिसहरू घरमा रमाइलो गर्ने तर मानिसहरूको उपस्थित नभएको व्यवसायिक ठाउँमा चोरी डकैती हुने भएकाले प्रहरीको आँखा त्यता रहेको डीआईजी पोखरेलले बताए ।
‘चाडपर्वमा मानिसहरू घरमा रमाइरहेको समयमा व्यवसायीक ठाउँ वा भवनहरूका चोरी डकैती हुने भएकाले प्रहरीको आँखा त्यता हुनेछ,’ डीआईजी पोखरेलले भने ।
चाडपर्वको समयमा अप्रिय घटनाहरू हुन नपाउन भन्नको लागि प्रहरी सधै तैनाथ रहेको पोखरेलले बताए ।
फरार अभियुक्तमा प्रहरीको आँखा
जनताको शान्ति सुरक्षा र अमन चयनमा फरार भएका अपराधीहरूको पक्राउले पनि महत्वपूर्ण भुमिका खेल्ने प्रहरी पछिल्लो अनुसन्धानले देखिएकोले उपत्यकाको प्रहरीको आँखा अदालतले अपराधी तोकेका प्रहरी अभियुक्त र अपराधीको खोजी कार्यमा लागि परेको डिआइजी पोखरेलले बताए ।
‘शान्ति सुरक्षा कायम गर्न फरार रहेको अपराधी पक्राउले पनि महत्वपूर्ण भुमिका देखियो, त्यसैले हामीले फरार अपराधी पक्राउमा ध्यान केन्द्रित गरेका छाैं,’ डीआईजी पोखरेलले बताए ।
अहिले उपत्यकाबाट बाहिरिने र भित्रिने अघिल्लो बर्षको तुलनामा धेरै कम देखिएको महानगरीय प्रहरी कार्यलयले जनाएको छ ।
कोरोना भाइरसको जोखिमका कारण मानिसहरूले यात्रा कम गर्ने भएकाले अघिल्लो बर्षको तथ्याङ्क अहिलेको सोहि समयको तथ्याङ्क हेर्दा निकै कम भएको डीआईजी पोखरेलले बताए ।
पोखरेलका अनुसार अहिले उपत्यका भित्रिने मानिसहरूको संख्या बढी देखिएको छ ।