राजन कुमार बानिया पोखरिया २० असोज।
ठोरी गाउँपालिकाले सुत्केरी महिला तथा २ बर्ष मुनिका बालबालिका हरुलाई पौष्टिक आहार बितरण गरेको छ । केही समय अघिदेखी गाउँपालिकाकी उपाध्यक्ष शान्ति थिङको अगुवाइमा भइरहेको पौष्टिक आहार बितरण कार्यक्रम आज सम्पन्न भएको हो । कार्यक्रम अन्तरागत गाउँपालिका भित्रका ७५७ जना लाई अण्डा बितरण गरिएको उपाध्यक्ष थिङले बताउनु भयो ।
वडा नं. १ का ११०, वडा नं. २ का १२५, वडा नं. ३ का ११०, वडा नं. ४ का १८२, वडा नं. ५ का १३० गरि जम्मा ७५७ जनालाई अण्डा बितरण गरिएको उपाध्यक्ष थिङले बताउनु भयो ।
गाउँपालिका भरिका सुत्केरी तथा बालबालिका मध्ये कोहि छुटेको भए सम्बन्धित वडा कार्यालयमा सम्पर्क गरि पौष्टिक आहार लिन सकिने ब्यबस्था मिलाइएको पनि उपाध्यक्ष थिङले बताउनु भयो ।