• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / Breaking News

    एक वर्षमै दुई हजार महिला बलात्कारको शिकार  

  • वीरगंज संजाल
  • १८ आश्विन २०७७, आईतवार १४:१४
  • ३३८१

    विरगंज । असोज १४ गते संसद्को राज्यव्यवस्था समितिको बैठकमा गृहमन्त्री रामबहादुर थापा भन्दै थिए– बलात्कारको घटनामा विश्व परिवेश हेर्दा नेपाल पछि नै छ। सवा दुई सय देशको अवस्था हेर्दा धेरै चिन्तित हुनुपर्ने अवस्था छैन।

    गृहमन्त्रीले चन्तित हुनुपर्ने अवस्था नहरेको बताइरहँदा तथ्यांकले भने त्यस्तो बताउँदैन। प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार नेपालमा एक वर्षमा २ हजार महिला बलात्कृत हुने गरेका छन्। पछिल्ला दुई वर्षमा देशभर ४ हजार ४४१ म्हिला बलात्कृत भएका छन्। जसमध्ये १३ जनाको बलात्कारपछि हत्या भएको थियो।

    २०७५–७६ मा देशभर २ हजार २३० जना बलात्कारको शिकार बनेको र ११ जनाको बलात्कारपछि हत्या भएको प्रहरीको तथ्यांक छ। २०७६–७७ मा २ हजार १ सय ८४ जनाको बलात्कार भएको र २ जनाको बलात्कार पछि हत्या भएको प्रहरीले जनाएको छ।

    प्रदेशमा १ मा सबैभन्दा धेरै 

    बलात्कारका घटना प्रदेश १ मा सबैभन्दा धेरै घटेका छन्। दुई वर्षमा प्रदेश १ मा ९९२ जना बलात्कारको शिकार बनेका छन्। प्रहरीको तथ्यांकअनुसार प्रदेश ५ सबैभन्दा धेरै बालात्कारका घटना घटेका प्रदेशको सूचीको दोस्रो नम्बरमा छ। यस्तै प्रदेश ५ मा २ वर्षमा ७०७ जना महिलामाथि बलात्कार भएको छ।

    सोही अवधिमा प्रदेश २ मा ५८८, बागमतीमा ४८६, गण्डकीमा ३४२ र सुदूरपश्चिम प्रदेशमा ३७० जना बालात्कृत भएका छन्। सबैभन्दा कम बलात्कारका घटना घट्ने प्रदेश हो कर्णाली। यो प्रदेशमा २ वर्षको अवधिमा २७९ वटा बलात्कारका घटना घटेको प्रहरीको तथ्यांक छ। कर्णाली प्रदेशमा घटेका घटना बाहिर नआउने भएकाले तथ्यांकमा कम देखिएको प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले बताए।

    ‘लैङगिक हिंसा सम्बन्धी ज्ञान नभएका तथा बेरोजगारी महिलाहरु बढी बलात्कारको शिकार हुने गरेको देखिन्छ,’ कडायतले भने, ‘त्यसैले कर्णाली प्रदेशमा कम तथ्याङक देखिएको हो।’

    घटना घटेको ३५ दिनभित्र प्रहरी कार्यालयमा उजुरी गर्नुपर्ने कानूनी व्यवस्था रहेपछि कतिपयले उजुरी गर्न ढिला गर्ने र उजुरी नै नगर्ने गरेको पनि उनी बताउँछन्। ‘आर्थिक अवस्था बलियो भएकाहरुले बलात्कारको घटना बाहिर आउन दिँदैनन्, घटना सामसुम बनाउने गरेको देखिन्छ,’उनी भन्छन्।

    उपत्यकामै ५६३ बलात्कारका घटना

    काठमाडौं उपत्यकामा दुई वर्षको अवधिमा ५६३ जना बलात्कारको शिकार भएका छन्। जसमध्ये एक जनाको बलात्कारपछि हत्या भएको प्रहरीको तथ्यांक छ। २०७५–७६ मा २ सय ९७ जना बलात्कारको शिकार भएका थिए, भने गतवर्ष २ सय ६७ जना बलात्कारको शिकार भएको प्रहरीले जनाएको छ।

    उपत्यकामा स्थायीरुपमा बसोबास गर्नेभन्दा पनि अस्थायीरुपमा बसोबास गर्दै आएका महिला तथा बालबालिकहरु माथि बलात्कारका घट्ना घट्ने गरेको कडायतले बताए। ‘उपत्यकामा भने सडक बालबालिकामाथि यस्ता घटना हुने गरेको देखिन्छ,’उनी भन्छन्।

    कडायतका अनुसार नेपालमा वार्षिकरुपमा १० प्रतिशतले बलात्कारका घट्ना बढ्दै गएको देखिन्छ। ‘वार्षिक १० प्रतिशतले बलात्कारका घटना बढ्दै गएको देखिन्छ। बलात्कार बढ्नुको कारणबारे हामी अध्ययन गरिरहेका छौं,’ उनले भने।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत
  • झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित
  • तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल
  • आज विश्व स्मृति एवं मेलमिलाप दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    भारत-पाकिस्तान तनाव : हवाई आक्रमणपछि अहिलेसम्म के-के भयो?

    प्रिसा मृत्यु प्रकरण: किट भारत सरकारको उच्च निगरानीमा

    सवारी शुल्क ५० देखि पाँच सय रुपैयाँसम्म

    कैदी छुटाइदिने भन्ने अदालतका कम्प्युटर अपरेटर घुस सहित पक्राउ

    भारतको आक्रमणमा परिवारका १० सदस्य गुमाउने जैश–ए–मोहम्मद को हुन् ?

    आज बिहिवारको राशिफल

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    प्रिसा मृत्यु प्रकरण: किट भारत सरकारको उच्च निगरानीमा

    सवारी शुल्क ५० देखि पाँच सय रुपैयाँसम्म

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    News

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    News

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    News

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    News

    भारत-पाकिस्तान तनाव : हवाई आक्रमणपछि अहिलेसम्म के-के भयो?

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑