वीरगंज | धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु भएको छ।प्रतिष्ठानमा उपचाररत २८ वर्षीया महिलाको उपचारका क्रममा आज बिहान ४:३० बजे मृत्यु भएको हो।
प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठका अनुसार सुनसरी इनरुवा ४ की ती महिलामा असोज ८ गते कोरोना पोजिटिभ देखिएको थियो।
संक्रमित महिलामा अन्य कुनै पनि रोग थिएन। कोरोना संक्रमण पोजिटिभ देखिएकै दिन उनलाई प्रतिष्ठानमा भर्ना गरेर उपचार सुरु गरिएको थियो।