विरगंज । पर्सा जिल्लाको सदरमुकाम वीरगञ्जमा एकै दिन २३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।विरगंजस्थित नारायणी अस्पतालमा बिहीवार राति पर्सा, बारा र सिरहाको विभिन्न स्थानबाट जम्मा गरेर ल्याइएको थ्रोट स्वाबको नमुनालाई पिसिआर प्रविधिबाट परिक्षण गर्दा पर्सामा थप २३ जनामा संक्रमण पुष्टि भएको हो ।
अस्पतालका प्रवक्ता एवम् वरिष्ठ चर्म रोग वीशेषज्ञ डाक्टर अतुलेशकुमार चौरसियाले दिएको जानकारी अनुसार थपिएका अन्य संक्रमितमध्ये बारा ९ जना र सिरहाका २ जना रहेका छन् ।
जम्मा ३३ जना संक्रमित थपिएको डाक्टर चौरसियाले जानकारी दिए ।पछिल्लो समय घटिरहेको संक्रमितहरुको संख्या फेरी बढ्न थालेको छ ।