वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ बाट बुधबार २७ जना पक्राउ परेका छन् ।
नक्कली ईन्स्पेक्टर बनेर महानगरपालिका वडा नं १६ स्थित नगवामा रहेको देव पार्टि प्यालेसमा परिक्षा लिईरहेको अवस्थामा प्रहरीले छापामारी गरि पक्राउ गरेको हो । जागिर लगाईदिने भन्दै लाखौँ ठगी गरेको स्रोतको दाबी छ ।
नियन्त्रणमा लिइएकाहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले घटनाका बारेमा पुष्टि गरेपनि विस्तृत जानकारी दिन मानेको छैन । पर्साका प्रहरी प्रवक्ता मनोजित कुँवरले केही व्यक्तिहरुलाई पक्राउ गरेको बताएपनि बिहीबार मात्रै घटनाबारे थप विवरण सार्वजनिक गर्ने बताएका छन् ।
उनी नक्कली ईन्स्पेक्टर बनेर परिक्षा सञ्चालन गरिरहेका थिए । विगत लामो समयदेखि सञ्चालन भईरहेको यो ठगी धन्दामा देव पार्टि प्यालेसका सञ्चालकको पनि मिलेमतो रहेको अनुमान गरिएको छ ।