। बेलायतकाे वेल्सस्थित एबरहोसनको पुरै गाउँमा सधैं विहान सात बजेपछि ब्राेडब्यान्ड इन्टरनेट ब्रोडब्याण्ड कनेक्सन आफै जान थाल्याे । विगत १८ महिनादेखि यस्तो आश्चर्य जारी रहँदा सबैतिर खैलाबैला हुन थाल्याे ।यो कसरी भयो कसैलाई थाहा छैन । तर अहिलेसम्म थाहा पाइएअनुसार यो गतिविधिको दोष एउटा पुरानो टेलिभिजन सेटलाई मानिएको छ ।
यो समस्यालाई समाधान गर्नलाई धेरै पटक केबल परिवर्तन गरियो । काम लाग्न सकेन । तर ओपनरिच प्राविधिकहरुले गरेको एउटा अनुसन्धानमा एबरहोसन गाउँकै एकजना बासिन्दाको टेलिभिजनका कारण यस्तो समस्या उत्पन्न भइरहेको पत्ता लगाए ।बीबीसीमा प्रकाशित खबर अनुसार त्यस टिभीले एक किसिमको सिग्नल उत्सर्जन गर्दथ्यो, जसले पुरै गाउँको ब्रोडब्याण्ड पूर्वाधारलाई अवरुद्ध बनाउँथ्यो ।
कनेक्सन ल्याप्स भइरहेपछि अवरोधको कारण पत्ता लगाउन प्राविधिकहरुले निरीक्षण गर्ने उपकरण प्रयोग गरेका थिए ।उक्त उपकरणले त्यो पुरानो टिभी भएको घरतिर अवरोध स्रोतको संकेत गरेको थियो । आफ्नो उपकरणमा खोट भएको थाहा पाएपछि घरमुलीले उक्त सेट अबबाट प्रयोग नगर्ने बाचा गरे ।
अब सात बजे नै इन्टरनेट कनेक्सन किन टुट्थ्यो भन्ने प्रश्नको पनि हल एबरहोसन बासीहरुले पाए । घरमुलीलले प्रत्येक बिहान टिभी खाेल्ने हुँदा त्यसले नै गाउँको ब्रोडब्याण्डलाई असर पुर्याएको थियो ।
तर अन्य बासिन्दालाई भने यही कुरा थाहा पाउन १८ महिना लाग्यो । टिभी सेटलाई पत्ता लगाइसकेपछि अहिले इन्टरनेट समस्या पुन: दोहोरिएको छैन । उक्त समस्याको पहिचानपछि मानिसहरुलाई प्रमाणपत्र प्राप्त तथा ब्रिटिस स्ट्याण्डर्डलाई पुरा गरेको विद्युतीय सामाग्री मात्र प्रयोग गर्न सल्लाह दिएको ओपनरिचका इन्जिनियर माइकल जोनसले बीबीसीलाई बताए ।