मंगलबार जिल्ला प्रशासन कार्यालय मोरंग, औषधी ब्यवस्था विभाग विराटनगर, मोरंग प्रहरी, पब्लिक फोरमको संयुक्त टोलीले उद्योगको अनुगमन गरेको हो। औषधि व्यवस्था विभागले एकमहिना अघि बन्द गराएको पपुलर उद्योगको समेत पुनः अनुगमन गरेको छ।
विभागका प्रमुख सञ्जीव कट्टेलले ग्यालेक्सी डेन्टल एण्ड सर्जिकल सप्लार्यस, हिमगिरी, रिजालको, कश्यप ऋषि आयुर्वेद, पपुलरको गरि ५ वटा उद्योगको अनुगमन गरेको बताए। जसमा ग्यालेक्सी डेन्टल बाहेक अन्य उद्योगले प्रक्रिया पुराएर सेनीटाइजर उत्पादन गरिरहेको कट्टेलले जानकारी दिए।
विराटनगर १५ मा अनिल चौधरी सञ्चालक रहेको ग्यालेक्सीबाट उत्पादित सेनीटाईजर गुणस्तरहीन र स्वास्थ्यका लागि हानीकारक भएको जनाउदै विभागले उत्पादन बन्द गराएको छ।
विभागले अनुगमनका क्रममा ग्यालेक्सीमा उत्पादित सेनीटाईजर थप परीक्षणका लागि राष्ट्रिय औषधि प्रयोगशालामा पठाउन नमुना संकलन गरेको छ। कट्टेलले सेनीटाइजर उत्पादन गर्ने उक्त उद्योग विभागमा सूचीकृत नभएको र उत्पादनबारे कुनै जानकारी नभएको बताए।
विभागले एकअघि बन्द गरेको पपुलर उद्योग अहिलेपनि बन्दको अवस्थामा रहेको छ । त्यसैगरी, विभागले स्वास्थ्यमा जोखिम निम्तने सेनीटाइजर उत्पादन गरिरहेको सुनसरीको भोक्राहानर्सिङ गाउँपालिकामा रहेको सीता हर्बल प्राइभेट लिमिटेडलाई पनि दुई साताअघि बन्द गराएको थियो।
विभागले इटहरीको सौर्य केमिकललाई पनि कारबाही गरेको थियो । त्यस्तै झापाको दमकमा औषधि पसलबाट उत्पादन भइरहेको जानकारीसंगै उद्योग बन्द गरिएको थियो ।