महोत्तरी | महोत्तरी जिल्लाको मनरा नगरपालिका घर भई पछिल्लो समय पर्सामा कार्यरत एक स्वास्थ्यकर्मीको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको छ ।अहेबका रुपमा पर्साको जगरनाथपुरमा काम गर्दै आउनुभएका उहाँको उपचारको क्रममा आजबिहान करुणा अस्पतालमा मृत्यु भएको हो । अस्पताल स्रोतका अनुसार ५८ बर्षीय संक्रमित अहेबको अवस्था केही दिनअघिबाटै अवस्था गम्भीर थियो ।
भदौ १९ गतेबाट सामान्य रुघाखोकी देखिएका उहाँको स्वास्थ्य अवस्था कमजोर हुँदै गएपछि उपचारका लागि काठमाडौं ल्याइएको थियो । काठमाडौं आएर पीसीआर परीक्षण गर्दा असोज ५ गते कोरोना पोजेटिभ रिपोर्ट आएको थियो ।
त्यसपछि पनि निरन्तर उपचार गर्दा स्वास्थ्यमा कुनै सुधार नभएपछि असोज ७ गते भेन्टिलेटरमा राखिएको थियो । भेन्टिलेटरमै राखिएकाे अवस्थामा उहाँकाे मृत्यु भएकाे अस्पतालले जनाएकाे छ ।