कृषि ज्ञान केन्द्र पर्साको बाली स्वास्थय उपचार तथा आकास्मिक शिबिर सम्पन्न
वीरगंज संजाल
१२ आश्विन २०७७, सोमबार २१:०१
४८०९
वीरगन्ज | धान बालिमा विभिन्न रोग तथा किरा का कारण नष्ट हुन थाले पछि कृषि ज्ञान् केन्द्र पर्सा, बिरगंजले मानवा, पोखरिया, पकहा मैनपुर र सखुवा प्रसौनीमा बाली स्वास्थय उपचार तथा आकास्मिक शिबिर सम्पन्न गरेको छ ।
कृषि ज्ञान् केन्द्र पर्साको आ.ब. २०७७/०७८ को पहिलो चौमासिक कार्यक्रम अनुसार धान बालिमा लागेको सिथ बलास्त, ग्वारो, खैरो फडके, पातबेरुवा र धोक्रो किरा लगायतको समस्याले किसानहरु चिन्तित रहेकोले सोको मध्य नजर गरि पर्सा जिल्लाको ४ स्थानबाट किसानको सहजताको लागि आकस्मिक शिबिर सन्चालन गरिएको छ ।
पहिलो दिनको शिबिरमा मानवा ९० जना, पोखरिया ६० जना र दोस्रो दिन पकहा मैनपुर २०५ जना, सखुवा प्रसौनी १६० जना गरि ५२५ जना किसानको धान बालीको उपचार, परामर्श र एमिडा, क्लोरो ५०५, कर्बेनडा जिम र हेक्सा कोनाजोल लगायतको विषादी वितरण गरिएको कृषि ज्ञान् केन्द्र पर्साका प्रमुख डा. रामचन्द्र यादवले बताए ।
शिबिरमा कृषि ज्ञान् केन्द्र पर्साका प्रमुख डा. रामचन्द्र यादवको नेतृत्वमा श्याम किशोर कुर्मी, रामकलेश साह र मुनिलाल रौनियारको नेतृत्वमा कुसेस्वर यादव र सुरेश चौरसिया लगायतले प्राविधिक सहयोग गरिएको जिल्ला कृषी सहकारी संघ लि. पर्साका अध्यक्ष शिव कुमार साहले बताए ।