बारा । बाराको निजगढमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत निजगढमा सडक दुर्घटना हुँदा तीनको घटनास्थलमै मृत्यु भएको हो ।
आइतबार पूर्वबाट पश्चिम तर्फ गइरहेको बसले साँझ करिब ५ बजेको समयमा स्कूटीलाई ठक्कर दिदा निजगढ वडा नं १० का एकै परिवारका तीनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।
ना४ख ७२४४ नम्बरको बसले प्रदेश २–०३–००४ प ४४४२ नम्बरको स्कूटरलाई ठक्कर दिएको थियो ।
स्कूटीमा सवार निजगढ नगरपालिका वडा नं. १० लाल निवासी तिर्थमान स्याङ्गतान, निजकी श्रीमति ज्योति स्याङ्गतान र निजहरुको एक छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।
ठक्कर दिने बसका चालक फरार रहेका छन्, भने दुर्घटना भएका सवारी साधनलाई ईलाका प्रहरी कार्यालय, सिमरा ल्याउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।