वीरगंज | एकपटक कल्पना गर्नुहोस त, तपाइँ कुनै दिन सवेरै उठ्नु भयो तर तपाइँ समक्ष कुनै पनि किसिमको सूचना आइपुग्ने माध्यम नै छैन भने, कस्तो महसुस हुनेथ्यो। सूचनाले नै जोडेको छ संसार, बिना सूचनाको हामीलाई आफ्नो छिमेकीको घरमा के भैरहेको छ भनेर थाहा पाउन पनि मुस्किल हुनेछ। हामीलाई थुप्रै कुराहरु जान्न मन लाग्न सक्छ , कहिले मौसमको बारेमा , कहिले देश विदेशका समाचार र यो सबै बुझ्न पाउनु हाम्रो अधिकार हो।
शिक्षा र विकासको लागि सूचना चाहिन्छ। सूचनाको पहुच विश्वब्यापी रुपमा भए , यसले विश्वभरीका सबैलाई एकै धागोमा बाध्न सक्छ।
सूचनामा सबैको पहुँच भएमात्र मानव जातिको विकास सम्भव छ भन्ने सोचले सर्वप्रथम फिनल्याण्ड र स्विडेनले सन् १७६६ मा आफ्नो संविधानमा सूचनाको आदान प्रदान गर्ने भनि उल्लेख गरिएको थियो । यो युगान्तकारी परिवर्तन ल्याउने सोचले गर्दा नै अहिले संसारको कुना कन्दरामा भएका मानिसले चन्द्रमाको खबर थाहा पाएका छन्।
सूचना तथा सञ्चार प्रविधिको विस्तार, सुशासन र समृद्धिले हामि समान र पारदर्शी समाजमा बस्न सक्नेछौ। विशेषगरि शिक्षामा सबैको सरल पहुँच बनाउन र अनलाइन शिक्षा तथा खुला शिक्षाको सहजताका लागि सूचना तथा सञ्चार प्रविधिको समान पहुच हुन अति आवश्यक मानिन्छ । शिक्षामा सूचना प्रविधिको पहुच नभएसम्म मुलुकको आधुनिक शिक्षाको परिकल्पना पुरा नहुने निश्चित छ ।अहिले नेपाल सरकारले सूचना तथा सञ्चार प्रविधिको विकास, विस्तार र सञ्चालनमा लगानी बढाउन, यस क्षेत्रलाई प्राथमिकता दिई बजेट विनियोजन गर्न आवश्यक रहेको बुझेर यसमा जोड दिइरहेको छ।
सन् २०३० सम्म सूचनाको पहुचलाई थप प्रभावकारी ढङ्गले व्यबस्थित गराएर एउटा पारदर्शी समाज बनाउने अभियान मा “UNESCO” कार्यरत छ।
यसवर्ष त झन् अन्तराष्ट्रिय सूचनामा विश्वव्यापी पहुँच दिवसमा केहि संवेदनशीलताका कुराहरु थपिने परिवेश देखिएको छ, कोभिड १९ को महामारीमा आआफ्ना घरघरमा बसेका हामीले सूचनाको पुहँचको आधारमा घरवाहिरका अनि बाहिरी परिवेशका कुराहरु थाहा पायौं, विष्लेषण गर्यौं र अनुमान लगायौं । अबको सूचनाको विश्वव्यापी पहुँचमा सूचनाको तथ्यगत कुरा, समानता अनि तठस्तताको पनि जाँच गरिन जरुरी छ नत्र डिजीटल मिडियामा अफवाह र त्रासको बाढी आएको पनि हामीले यसवर्ष देखेका छौं, हैन र?
सूचनाको पहुच नभई कुनै पनि मानिस लै जुनै सुकै निर्णय पनि लिन सक्दैन। यो महत्वपूर्ण दिनको हामि सबैलाई शुभ कामना।