विरगंज । प्रदेश २ का विभिन्न जिल्लामा आइतबार ९० जना संक्रमित थपिएका छन् ।
धनुषामा १३ जना, महोत्तरीमा दुई जना, सिरहामा ४८ जना, बारामा तीन जना, पर्सामा १५ जना, सर्लाहीमा एक जना, रौतहटमा एक जना र सप्तरीमा छ जना गरी प्रदेशमा ९० जना संक्रमित भएका हुन् ।प्रदेशमा कुल संक्रमितको संख्या १३ हजार ३९३ जना पुगेको छ ।
तीमध्ये सात हजार ७४९ जना कोरोना संक्रमणमुक्त भएका छन् । आइतबार मात्रै २२३ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।