विरगंज । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट एक सैनिक जवानको मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । बझाङ घर भई काठमाडौंमा कार्यरत उनको शुक्रबार वीरेन्द्र सैनिक अस्पताल छाउनीमा मृत्यु भएको हो |
उनलाई असोज ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
कोरोनाका कारण मृत्यु हुने सैनिकको संख्या दुई पुगेको निर्देशनालयले जनाएको छ । नेपाली सेनामा २ हजार १९७ मा कोरोना संक्रमण पुष्टि भइसकेको छ । ५३९ जना निको भएका छन् ।