एजेन्सी । अभिनेत्री दीपिका पदुकोण र सारा अली खान गोवाबाट मुम्बई फर्किएका छन् । सञ्चारमाध्यमको क्यामराबाट बच्न दीपिका सडक मार्ग हुँदै दिउँसो १ बजे गोवाबाट मुम्बई फर्किएकी हुन् ।
उनी चाटर्ड उडानबाट मुम्बई फर्किने तयारी थियो तर उनी बसिरहेको रिर्सोट वरिपरि क्यामेरा देखिएपछि उनी कालो सीसा भएको मर्सडिज चढेर फर्किएकी हुन् । उनी रातिको करिब ८-९ बजेतिर मुम्बई पुग्ने भएकी छन् ।
यता सारा अली खान पनि आमा अमृताका साथ मुम्बई फर्किएकी छन् । उनी पनि छायांकनका लागि नै गोवा गएकी थिइन् । मुम्बईको एयरपोर्टमा साराले सञ्चारमाध्यमलाई नदेखे जस्तो गरिन् ।
मुम्बई एयरपोर्टमा साराको सुरक्षाका लागि करिब ३० जना सीआईएसएफ उपस्थित थिए भने उनको सुरक्षाका लागि एयरपोर्टमा बाउन्सर्स पनि राखिएको थियो ।
उनीहरु ड्रग्स मुद्दामा एनसीबीमा आफ्नो बयान दिन मुम्बई आएका हुन् । लागुऔषध मुद्दामा नाम आएपछि एनबीसीले बुधबार पत्र पठाउँदै उनीहरुलाई सोधपुछको लागि मुम्बईस्थित एनसीबीको कार्यालय बोलाएको हो ।
जसमा अभिनेत्री दीपिका पदुकोणलाई २५ सेप्टेम्बर (शुक्रबार) बोलाइएको छ । भने अभिनेत्री सारालाई २६ सेप्टेम्बरमा बोलाएको छ । बुधबार एनसीबीले दीपिका र सारासहित ५ जना अभिनेत्रीहरुलाई सोधपुछको लागि उपस्थित हुन पत्र पठाएको थियो ।
दीपिका र साराका साथै रकुलप्रित सिंह, श्रद्धा कपुर र डिजाइनर सिमोन खम्बाटालाई पनि एनसीबीले बोलाएको छ । जसमा सिमोन र रकुललाई एनसीबीले बिहीबार बोलाएको थियो । सिमोना आफ्नो बयान दर्ता गर्न उपस्थित भए पनि रकुल भने भोलि मात्रै एनसीबीमा जानेछन् । – नवभारत टाइम्स