विरगंज। पछिल्लो २४ घण्टामा नेपालमा ११ सय ५४ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ५ सय ३३ जनामा गरिएको पीसीआर परीक्षणमा ११ सय ३४ जना संक्रमित भेटिएका हुन् ।
नेपालमा सोमबारसम्म कोरोना भाइरस संक्रमितको संख्या ६५ हजार २ सय ७६ रहेको छ । कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ४७ हजार २ सय ३८ पुगेको छ । सक्रिय संक्रमितको संख्या १७ हजार ६ सय ११ रहेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको भई १ हजार ५ जना डिस्चार्ज भएका छन् ।