३ मुक्तकहरुः
♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥
१ तिमीलाई छोडि जाने
रहर थिएन
तिमीलाई नसम्झेको
प्रहर थिएन।।।
नभन मेरो प्रेम झुटो
भनी सानुु |
तिमी बिना खुशी
मिल्ने सहर थिएन।।
♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥
२ जीवनयात्रामा साथ
दिनेले, हात छोडेपछि
संगै हिड्ने आफ्नो
बाटो, अन्तै मोडेपछि।
विश्वास गर्नु कसरी ,
अब अरु कसैको
हृदयमा बाँस बस्नेले,
हृदय तोडेपछि।।
♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥
३ तिमी फूल मेरो म
त्यसको सुगन्ध
तिमी हौ छहारि,
म हावा मन्द मन्द।
तिमी पानी तिर्खाएको
मेरो मनको
तिमीमा समर्पित,
मेरो हरेक छन्द।।
दिक्षा सुवेदी ,वीरगंज
♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥