काठमाडौं । कोरोनाभाइरस संक्रमितको कुल संख्याका आधारमा अमेरिका विश्वकै शीर्ष स्थानमा कायमै रहेको छ । अमेरिकामा हालसम्म ६८ लाख ४४ हजार बढीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने अमेरिकाको पछिपछि भारत रहेको वर्ल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ ।
पछिल्लो समय अत्यधिक संक्रमित पुष्टि भइरहेको भारतमा बिहीबार अबेरसम्म ५१ लाख ५९ हजार ९९१ जनामा संक्रमण पुष्टि भएको छ भने तेस्रो स्थानमा रहेको ब्राजिलमा ४४ लाख ३० हजार संक्रमित रहेका छन् ।
यस्तै चौथो स्थानमा रुस, पाँचौमा पेरु, छैटौँमा कोलोम्बिया, सातौँमा मेक्सिको, आठौँमा साउथ अफ्रिका, नवौँमा स्पेन, दशौँमा अर्जेन्टीना, ११ औँमा चिली, १२ औँमा इरान, १३ औमा फ्रान्स, चौधमा युके र १५ औं स्थानमा बंगलादेश रहेको छ । बंगलादेशमा हालसम्म ३ लाख ४४ हजार बढीमा संक्रमण पुष्टि भइसकेको छ ।