बंगलादेशले कोभिड–१९ सङ्क्रमण भएका व्यक्तिको उपचारमा प्रयोग हुने रेमडेसिभिर नामक औषधि सहयोग स्वरुप नेपाललाई उपलब्ध गराएको छ।
नेपाली सेनाको स्काई ट्रकमार्फत आज साँझ पाँच हजार थान रेमडिसिभिर औषधि स्वदेश ल्याइएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए।
सहायकरथी आशिष नरसिंह राणाको नेतृत्वमा गएको पाँच सदस्यीय टोलीले ल्याएको उक्त औषधि आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको जनाइएको छ।