बेइजिङ | कोरोनाभाइरसको विषयलाई लिएर विश्वभरी विभिन्न किसिमका अनुसन्धान भइरहेका छन् । प्रत्येक दिनमा नयाँ–नयाँ खुलासा भइरहेको छ । अब एक नयाँ खुलासा जनावरमा कोरोनाभाइरसको विषयलाई लिएर भएको छ ।
चीनको वुहानमा हालै भएको एक अध्ययनमा यस्तो पाइएको छ कि सुरुवाती अनुमानको तुलनामा बिरालोमा पनि कोरोनाभाइरसको संक्रमणको घटना धेरै पाइएको छ । मीडियाका अनुसार हुआझोंग कृषि विश्वविद्यालयका शोधकर्ताले वुहानमा जनवरीदेखि मार्च २०२० का बीच १०२ बिरोलोको रगतको नमुना र अन्य नमुना परीक्षणका लागि लिएका थिए ।
जसमा आश्चर्य लाग्ने खुलासा भएको छ ।
बिरालोसँग सम्बन्धित यो नयाँ अध्ययन इमर्जिङ माइक्रोब्स एन्ड इन्फेक्सन पत्रिकामा प्रकाशित गरिएको छ । शोधमा १५ बिरालोको रगतमा ‘एन्टिबडी’ (रोग प्रतिरोधात्मक क्षमता) थियो । तर ती बिराला मध्ये कुनैमा पनि संक्रमण पुष्टि भएको थिएन । न त तीनमा कोरोनाको कुनै लक्षण देखिएको थियो ।
विशेष के छ भने उनीहरु मध्ये कुनै एक बिरालो पनि कोरोनाका कारण मरेका थिएनन् ।शोधकर्ताका अनुसार जुन १०२ बिरालोको नमुना शोधका लागि लिइएको थियो, उनीहरु मध्ये ३ पशु आश्रयबाट छोडिएका ४६ बिराला थिए । ५ पशु अस्पतालको ४१ र १५ बिरालो कोरोना संक्रमित परिवारका थिए ।
उनीहरुका अनुसार यस मध्ये ३ बिरालो यस्ता थिए, जसको शरीरमा उच्चतम स्तरमा एन्टिबडी थियो र यी बिराला कोरोना पीडितको संरक्षणमा रहदै आएका थिए ।