विरगंंज । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।
कोरोना भाइरसका कारण अहिले हरेक दिन जसो नै हजारौँ मानिसहरुको मृत्यु भएको छ भने लाखौँ मानिसहरु संक्रमित भएका छन् ।
वैज्ञानिकहरु कोरोना भाइरसविरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिएका छन् । तर पूर्ण रुपमा सफलता भने हात पार्न सकेका छैनन् ।
यसैबीच अहिले मच्छरले टोक्दा कोरोना भाइरसको संक्रमण सर्छ कि सर्दैन भन्ने प्रश्न उठीरहेको छ । आज हामी तपाईलाई यसको बारेमा जानकारी दिनेछौँ ।
एक संक्रमित व्यक्तिको रगत चुसेपछि मच्छरले अर्को कोहि स्वास्थ्य व्यक्तिलाई टोक्दा कोरोना सर्छ कि सर्दैन भन्ने कुराले धेरैलाई चिन्तित बनाएको छ ।
यस बारेमा डाक्टरहरुले स्पष्ट धारणा व्यक्त गरेका छन् । न्यू साउथ वेल्स हेल्थ प्याथोलोजीको एक रिपोर्टका अनुसार संसारमा हेरक वर्ष ५ लाख मानिसहरुको मच्छरले टोक्दा फैलिएको रोगले गर्दा मृत्यु हुन्छ । तर कोरोना संक्रमित व्यक्तिलाई टोकेर आएको मच्छरले एक स्वास्थ व्यक्तिलाई टौक्दा कोरोना सर्ने भन्ने कुराको कुनै पनि तथ्य बाहिर नआएको बताइएको छ ।
अहिलेसम्म कुनै स्टडीमा पनि मच्छरको कारण कोरोना सरेको भन्ने कुराको तथ्य नआएको बताइएको छ ।
डाक्टर क्यारन बैवले आफ्नो यो रिपोर्टमा मच्छरको टोकाइले कोरोना नसर्ने बताएका छन् । यो एक रेस्पिरेटरी भाइरस हो ।
जो खोकी र हाच्छ्यूँबाट मात्रै एक अर्कामा सर्दछ । उनले मच्छरको टोकाइबाट डेंगू, येलो फीबर, चिकनगुनिया, रोज रिवर र जीका भाइरस जस्ता रोग मात्रै सर्ने बताएका छन् ।
कोरोना भाइरस बाहेक इबोला र इचआईभी पनि त्यस्तै भाइरस हुन्, जो मच्छरले टोक्दा सर्दैन ।