यी अभिनेत्रीहरुले यसविरुद्ध आवाज उठाउन थालेसँगै अन्यले पनि यसमा बोल्न सुरु गरेका छन् ।
जसमा बिहीबार निर्देशक राम गोपाल वर्माले ट्विट गर्दै लेखेका छन्, “रियामाथि निष्पक्ष छानबिन हुनुपर्छ भनेर विद्या, तापसी, स्वरा, लक्ष्मी र शिवानीले ट्विटरमा सुरु गरेको यो आवाजले बलिउड महिलाहरुमा बलिउडका पुरुषमाभन्दा धेरै हिम्मत छ भन्ने कुरा प्रमाणित भएको छ ।”
यसको केही दिनअघि पनि पनि वर्माले रियाले मिडियामा आएर आफ्नो आवाज राखेकोमा समर्थन जनाएका थिए । यद्यपि सामाजिक सञ्जालमा रिया मिडियामा आएर अन्तर्वार्ता दिनु ‘जस्टिस फर रिया’ अभियानको पूर्व योजना मात्रै भएको भन्दै विरोध गरिरहेका छन् ।
यता ‘जस्टिस फर रिया’ अभियान मार्फत बलिउडकर्मीहरुले अनुसन्धान एजेन्सीहरुको रिर्पोट धैर्यतापूर्वक प्रतिक्षा नगरी किन सामाचार प्रसारण गरिरहेका छन् भन्दै प्रश्न तेर्स्याइरहेका छन् । यसका साथै रियाविरुद्धको ‘मिडिया ट्रायल’का विरोधीहरुले रियाले के गरेकी छन्, सुशान्तको मृत्यु प्रकरणमा रिया कति जिम्मेदार छ भन्ने कुरा पत्ता लगाउने जिम्मा जाँच एजेन्सी र न्याय व्यवस्थालाई दिनुपर्ने विषयमा जोड दिएका छन् ।
अभिनेत्री विद्या वालनले अभिनेता सुशान्तको मृत्य मिडियामा एक सर्कस बनिरहेकोप्रति दुख व्यक्त गर्दै एक महिलाको नाताले रियालाई मिडियाले बदनाम गरेको देखेर भित्रभित्रै विछिप्त भएको बताएकी छिन् । उनले कानुनले दोषी नभनेसम्म रियालाई दोषी नभनिदिनु पर्नेमा जोड दिएकी छिन् ।
यस्तै अभिनेत्री तापसी पन्नुले रिया र सुशान्त दुबैलाई व्यक्तिगत रुपमा नचिने पनि मानवताको हिसाबबाट हेर्ने हो भने कानुनले दोषी नभनिसकेको व्यक्तिलाई मिडियाले त्यसरी प्रस्तुत गर्दा उसलाई कति दुख लागिरहेको छ भन्ने कुरा महसुस गर्नुपर्ने भन्दै उनले अन्तमा सुशान्तको आत्माको शान्ति र रियाको मानसिक शान्तिका लागि कानुनमा विश्वास राख्न आग्रह गरेकी छिन् ।
बलिउड अभिनेत्रीहरुको यो आवाजमा अभिनेत्री मिनिसा लाम्बा र अभिनेता हर्षवर्धन कपूर लगायतका कलाकारहरु पनि साथमा छन् । – बीबीसी