बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्याको घटना दिनदिनै थप रहस्यमयी बन्दै गइरहेको छ । उनको निधन भएको दुई महिना बितिसक्दा पनि यसबारे नयाँ नयाँ जानकारी आइरहेका छन्, प्रत्येक दिन नयाँ खुलासा भइरहेको छ ।
झन्, अब सुशान्तको परिवारका वकिल विकास सिंहले यसबारे धेरै खुलासा गरेका छन् । विकासका अनुसार सुशान्तकी बहिनी प्रियंका सिंहले पनि अब सुशान्तको अवस्था ठिक नभएको स्वीकार गरेकी छिन् ।
एक नयाँ रिपोर्टअनुसार सुशान्तकी बहिनी प्रियंकाले अहिले अनुसन्धान गरिरहेको भारतको प्रहरीलाई सुशान्तको मानसिक अवस्थाबारे पनि बताएकी छिन् ।
इन्डिया टुडेका अनुसार सुशान्तकी बहिनी प्रियंकाले २०१९ देखि नै सुशान्तको अवस्था ठिक नभएको बताएकी छिन् ।