एजेन्सी । भारतीय अभिनेता अनिल कपूर उमेरले ६३ वर्षको भए । २४ डिसेम्बेर १९५६ मा मुम्बईको चेम्बुर शहरमा जन्मेका अनिल कपूर चर्चित फिल्म प्रोड्युसर सुरेन्द्र कपूर तथा निर्मल कपूरका छोरा हुन् । ६३ वर्षको उमेरमा पनि उनी जति फिट र जवान देखिन्छन्, लुक्सलाई लिएर पनि उत्ति नै चर्चामा रहने गर्छन् ।
उनलाई फिटनेस आइकन मानिन्छ । उनका अगाडी बलिउडका नयाँ अभिनेता पछि पर्दछन् । उनको जस्तो सुगठित शरीर बनाउन हर कोहीले सक्दैनन् । अझ उनको उमेरका कतिपय अभिनेता बलिउडबाट अलप भइसके ।तर उनी भने अझै बलिउडमा सक्रिय छन् ।
उनको अभिनय यात्रालाई सहज बनाउन उनको फिटनेसले भूमिका खेलेको छ । उनी अझैपनि आफ्नो शारीरिक फिटनेसमा ध्यान दिन्छन् । यसैबीच हालैमा उनले वर्कआउट गर्दै गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।
उनले आफ्नो ट्विटर अकाउन्टमा लेग वर्कआउट शीर्षकमा एक भिडियो सार्वजनिक गरेका छन् ।भिडियोमा उनको फिटनेस देखेर फ्यानहरु छक्क परेका छन् । भारतमा जारी लकडाउनमा पनि उनले आफ्नो फिटनेसमा ध्यान दिएका छन् । हाल उनी कार्तिक आर्यन, कियारा आडवाणी र तब्बूका साथ अनीस बज्मीको फिल्म भूल भुलैया २ कालागी काम गरिरहेका छन् ।