वासिङटन | विभिन्न मुद्दामा नतावकाबीच अमेरिका–चीनका शीर्ष वार्ताकारले पहिलो चरणको वार्ता गरेका छन् । यसका साथै उनीहरु पहिलो चरणको आफ्नो आर्थिक सम्झौता अगाडि बढाउने विषयमा सहमत भएका छन् ।
अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइट्जर र वित्त विभागका सचिव स्टिभन म्नुचिनले चीनका उप प्रधानमन्त्री लियू हु सँग टेलिफोन वार्ता गरेका थिए । दुवै देशको समग्र आर्थिक नीतिको समन्वय, दुवै देशकाबीच पहिलो चरणको आर्थिक व्यापारिक सम्झौताको कार्यान्वयन आदि मुद्दाको विषयमा वार्ता भएको थियो ।
यसका साथै उनीहरुले पहिलो चरणको आर्थिक व्यापारिक सम्झौताको कार्यान्वयनलाई लगातार अगाडि बढाउने विषयमा जोड दिएका छन् ।
दुवै देशले जनवरीमा व्यापार सम्झौताको पहिलो चरणमा हस्ताक्षर गरेका थिए ।
उक्त दुई देशका सरकारले एक अर्काको सामानमा लगाइने सम्भावित अतिरिक्त शुल्कलाइृ भने लागू गरेका छैनन् र यसलाई निलम्वित गर्ने विषयमा सहमति जनाएका थिए । यो वार्ताको ६ महिनापछि दोस्रो चरणको वार्ता हुने तय भएको थियो । तर महामारीका कारण यो वार्ता हुन सकेको थिएन ।एजेन्सी