वीरगंज | कोरोना भाइरस (कोभिड–१९) बाट थप ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुनसरीमा दुईजना, पर्सामा तीनजना, बारामा एक, सिरहामा एक, मकवानपुरमा एक र भक्तपुरमा एक गरी ९ जनाको मृत्यु भएको हो ।
सुनसरीका मृतक भने ६ वर्षीया बालिका रहेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १४६ पुगेको छ ।