भारत स्वतन्त्रता हुनभन्दा एक वर्षअघि अर्थात् १६ अगस्त, १९४६ मा मुुस्लिम लिगले ‘सिधा कारबाही’ विद्रोह घोषणा गरेको थियो, जसअन्तर्गत कोलकातामा भीषण दंगा र नरसंहार सुरु भयो ।
मुुस्लमहरुका लागि पाकिस्तान नामको अलग देश स्थापना गर्नुपर्ने आफ्नो माग तत्काल स्वीकार हुनुपर्ने माग राख्दै यो विद्रोह थालिएको थियो ।
विद्रोह सुरु भएको ७२ घण्टाभित्रै कोलकाता, बंगाल र बिहारको सिमावर्ती क्षेत्रमा मुस्लिमहरुले भीषण दंगा सुरु गरे । मुस्लिमहरुलाई तत्काली बंगालका मुुख्यमन्त्री सोहराबर्दीले उक्साउने काम गरेका थिए । परिणाम, ७२ घण्टाभित्र ५ हजारभन्दा धेरै हिन्दु मारिए, तीस हजारभन्दा धेरैजना गम्भिर घाइते भए । ठूलो जनसंख्या घरबारविहीन भयो ।
कैयौँ निर्दोष हिन्दू युवती तथा महिलाहरुको सामुुहिक बलात्कार उनीहरुकै परिवारको सामुन्ने भयो । मुस्लिम लिगले यसरी हिन्दूहरुलाई मारेर आफ्नो शक्ति प्रदर्शन ग-यो ।
बेलायती शासक र भारतीय राष्ट्रिय काँग्रेस दुुबैसामुु आफ्नो ताकत देखाउन मुस्लिम लिग काउन्सिलले सिधा कारबाही विद्रोहको घोषणा गरेको थियो । सन् १९४० को दशकमा कांग्रेस र मुस्लिम लिग नै भारतका दुुई ठूला पार्टी थिए । स्वतन्त्रता माग गरिरहेको कांग्रेस सिंगो भारतको पक्षमा थियो भने मुस्लिम लिगले मुस्लिमहरुका लागि अलग राज्य आवश्यक पर्ने भन्दै विभाजनको वकालत गरिरहेको थियो ।
बेलायती शासकबाट भारतीय नेतृत्वमा सत्ता हस्तान्तरण गर्ने योजना बनाउनका लागि सन् १९४६ को क्याबिनेट मिशनले भारतको अर्ध स्वायत्तता र यसको सरकारको रचनाको प्रारम्भिक योजना प्रस्ताव ग¥यो । यद्यपी, हिन्दू बाहुल्य भारतलाई विभाजन गरेर मुस्लिम बाहुल्य पाकिस्तान निर्माण गर्ने मुस्लिम लिगको प्रस्ताव पनि बेलायती शासकसँग थियो ।
काँग्रेसले वैकल्पिक प्रस्तावलाई अस्वीकार ग¥यो । त्यसपछि मुस्लिम लिगले १६ अगस्तमा सामान्य हड्तालको योजना बनायो । मुस्लिम भूमीको माग राख्दै आयोजित यस हड्ताललाई प्रत्यक्ष कारबाही दिवस भनिएको थियो ।
भारतका अन्य क्षेत्रमा हड्ताल शान्तिपूर्ण नै रहेपनि बंगालमा स्थिती विशेष रुपमा जटिल थियो । यस प्रान्तमा मुसलमान ५६ प्रतिशत र हिन्दू ४२ प्रतिशत थिए । यहाँ मुस्लिम लिगको नेतृत्वमा सरकार थियो, युरोपेलीसँगको गठबन्धनपछि प्रान्तिय स्वायत्तता योजनाअन्तर्गत १९३५ मा सरकार गठन भएको थियो । कंग्रेस भने विरोधमा थियो ।
यतिबेला कोलकताका जनता दुुई फरक खेमामा थिए, यहाँ प्रतिशत हिन्दुु र ३३ प्रतिशत मुसलमानको बसोवास थियो ।
यस पृष्ठभूमीमा मुुस्लिम लिगको आव्हानपछि कोलकातामा भारी दंगा भड्कियो । १ लाखभन्दा धेरै मानिस घरबारविहीन बने । ७२ घण्टाभित्रै २० हजारभन्दा धेरै मानिसको मृत्यु भयो । सडकमा मानिसको जतात्यतै मानिसको शव र गिद्धको हुल देखिन्थ्यों ।
यस हिंसाको परिणाम स्वरुप नोआखली, बिहार, उत्तर प्रदेश, पञ्जाब र उत्तरी पश्चिमी प्रान्त आसपासका क्षेत्रहरुमा पनि धार्मिक दंगा सूरु भए, भारतको अन्तिम विभाजनको बिजारोपण यस्तै घटनामार्फत भएको थियो ।
१९४७ अगस्ट १४ मा ब्रिटिसबाट स्वतन्त्रता हासिल गरेसँगै भारतबाट अलग भएर पाकिस्तान स्थापना भयो । भोलिपल्ट, भारतले पनि स्वतन्त्रता घोषणा ग¥यो । त्यसैले पाकिस्तानले १४ र भारतले १५ अगस्टमा स्वतन्त्रता दिवस मनाउँछन् ।RATOPAARTI