वीरगञ्ज । वीरगञ्जस्थित गण्डक कोभिड अस्पतालका संयोजक एवम् नारायणी अस्पतालका वरिष्ठ चिकित्सक डा. उदय नारायण सिंहले नारायणी अस्पतालबाट ३ सय ५० कर्मचारीले सामूहिक राजीनामा दिएको खबर गलत भएको बताएका छन् ।सिंहले बुधबा सामाजिक सञ्जाल फेसबुकमा एउटा भिडियो सार्वजनिक गर्दै नारायणी अस्पतालका कुनै स्वास्थ्यकर्मीले राजनीनाम नदिएको स्पष्ट पारेका हुन् ।