• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    १८ जिल्लामा निषेधाज्ञा, उपत्यकामा ‘पर्ख र हेर’ को नीति

  • वीरगंज संजाल
  • २४ श्रावण २०७७, शनिबार ०७:१०
  • ३३०१

    वीरगंज। कोरोना संंक्रमण बढ्दै गएपछि १८ जिल्लामा स्थानीय प्रशासनले निषेधाज्ञामार्फत आवातजावतमा रोक लगाएको छ । निषेधाज्ञा लगाउने जिल्लाको संख्या हरेक दिन बढिरहेका छन् ।नौ जिल्लामा जिल्लाभरि नै निषेधाज्ञा लागू गरिएको छ । गृह मन्त्रालयका अनुसार पर्सा, बारा, नुवाकोट, सप्तरी, बाँके, सुनसरी, सर्लाही, स्याङ्जा र बर्दियामा जिल्लाभरि नै निषेधाज्ञा लगाइएको छ ।

    त्यस्तै, धनुषा, महोत्तरी, सिराहा, जुम्ला, बझाङ, मोरङ, दार्चुला, झापा र कञ्चनपुरमा आंशिक रूपमा निषेधाज्ञा लगाइएको छ । कतिपय जिल्लामा स्थानीय प्रशासनभन्दा स्थानीय तहले लकडाउन गरेको गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले बताए ।लकडाउन खुलाएपछि सरकारले संक्रमण फैलिएका क्षेत्रमा निषेधाज्ञा तथा कफ्र्यु लगाउने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ । सोहीअनुसार धेरै संक्रमित भएका जिल्लाहरूले निषेधाज्ञा लगाएका छन् ।

    काठमाडौंमा पनि पाँच सयभन्दा धेरै संक्रमित पुगिसकेका छन् । तर, तत्काल निषेधाज्ञा नलगाउने स्थानीय प्रशासनको योजना छ । ‘हामी तत्काल निषेधाज्ञामा जाने तयारीमा छैनौं,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भने, ‘अझै विश्लेषणकै चरणमा छौं, सर्वसाधारणले सरकारको निर्देशन नमाने निषेधाज्ञामा जान बाध्य हुन्छौं ।’

    सरकारी सेवा धमाधम बन्द हुँदै

    संक्रमण बढेपछि सरकारी सेवा पनि धमाधम बन्द हुन थालेका छन् । शुक्रबारदेखि उपत्यकाका तीनै जिल्लाले नागरिकता, राहदानी वितरण, संघ–संस्था दर्ताजस्ता सेवा १५ दिनका लागि स्थगित गरेको छ । १५ दिनपछि परिस्थिति हेरेर निर्णय गरिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए ।अदालतले पनि सेवा कटौती थालेको छ । सर्वाेच्च अदालतले अत्यावश्यक सेवा मात्र दिने निर्णय बिहीबार गरेको छ । उच्च अदालत पाटनले पनि शुक्रबार सेवा कटौतीको निर्णय गरेको छ । अदालतमा अत्यधिक भिड भएपछि अन्य अदालतले पनि सेवा कटौतीको तयारी गरेका छन् ।

    उपत्यकाका यातायात व्यवस्था कार्यालयले दुई साताअघि नै लाइसेन्स वितरणको काम रोकिसकेको छ । कार्यालयमा अत्यधिक भिड भएपछि सेवामा रोक लगाइएको हो ।महानगरीय ट्राफिक प्रहरी महाशाखा पनि आइतबारदेखि बन्द छ । महाशाखाका पाँच ट्राफिक प्रहरीमा संक्रमण देखिएको छ । ३५ कर्मचारीमा संक्रमण देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम पनि प्रभावित भएको छ । प्रहरी प्रधान कार्यालयमा पनि ८५ जनामा संक्रमण देखिएको छ । जसकारण सर्वसाधारणलाई प्रवेशमा रोक लगाइएको छ ।

    उपत्यकामा अन्य सरकारी कार्यालयले पनि सेवा रोक्ने तयारी गरेका छन् । अत्यधिक भिड हुने मालपोत कार्यालयको सेवा केही दिन रोक्ने तयारी भइरहेको छ ।बाँकेमा एक सातायता प्रहरीसहित सरकारी कार्यालय बन्द गरिएका छन् । यातायात व्यवस्था कार्यालय, अदालत, आन्तरिक राजस्व कार्यालय, उपमहानगरपालिका, जिल्ला कारागार, वडा प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयका कर्मचारीमा संक्रमण देखिएपछि ती कार्यालय बन्द गरिएको बाँकेका सहायक प्रमुख जिल्लाअधिकारी दीर्घराज उपाध्यायले बताए ।

    आइतबारदेखि निजी कार्यालयहरूमा अनुगमन हुँदै

    कोरोना नियन्त्रणमा सचेतना अपनाए–नपनाएको विषयमा आइतबारदेखि उपत्यकामा निजी कार्यालयमा अनुगमन हुने भएको छ ।सरकारले तोकेको मापदण्ड पूरा गरे–नगरेको हेर्न अनुगमन सुरु गर्न लागिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए । प्रोटोकल पालना नगरेको पाइए कारबाही गरिने उनले बताए । ललितपुर र भक्तपुरले पनि अनुगमनको तयारी गरेका छन् । नयाँ पत्रिका दैनिकबाट

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता
  • साइलेन्सर’ जस्ता सांसदहरु
  • सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा
  • मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    ५० लाख बराबरको चिनी खाल्डोमा पुरियो

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    News

    साइलेन्सर’ जस्ता सांसदहरु

    News

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    News

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    News

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑