• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कार्ड दुरुपयोग गरी ओहोरदोहोर

  • वीरगंज संजाल
  • १९ श्रावण २०७७, सोमबार ०७:२७
  • ३०३७

    वीरगंज | भारतको सुनौली भन्सारका क्लियरिङ एजेन्टले जेठ तेस्रो साता भैरहवा आएर काम गर्न पाउनुपर्ने अड्डी कसे। यही मागसहित उनीहरूले सीमापारि कामकाज ठप्पै पारे। नेपाल आउन लागेका मालवाहक गाडी तीन दिनसम्म उतै रोकिए। पटक–पटक छलफल भयो। अन्ततः उनीहरूलाई परिचयपत्रका आधारमा भैरहवा भन्सारमा आउन दिने सहमति बन्यो।

    तर, तिनै परिचयपत्रको दुरुपयोग गरेको पाइएको छ। सुरुआती चरणमा पारिका एजेन्टले भन्सारमा आएर काम गराउन थाले। तर, बिस्तारै सीमाबाट आवागमन भद्रगोल बनेको थियो। दुवै देशका भन्सार एजेन्टले चिनजानका आधारमा आआफ्नो फर्मका नाममा ‘प्रतिनिधि’ भन्दै परिचयपत्र जारी गरेपछि समस्या देखिएको थियो। आवश्यकभन्दा बढी आउजाउ हुन थालेपछि सुरक्षा निकायले जाँच गर्दा अधिकांश परिचयपत्र नक्कली भएको खुलेको छ।

    ‘केही समयअघिसम्म परिचयपत्रको दुरुपयोग गरी सीमाबाट मुभमेन्टहरू भए’, सशस्त्र प्रहरी बल २७ नम्बर गण रूपन्देहीका प्रहरी उपरीक्षक तेज पोखरेलले भने, ‘तर, अहिले कडाइ गरेका छौं।’

    भन्सार एजेन्टको विवरण भिडाएर मात्र आउजाउ गर्न दिइएको उनको भनाइ छ। ‘भन्सारको कामका लागि सीमाबाट आवतजावत गर्न ३५–४० वटा मात्र कार्ड जारी भएको छ’, उनले भने, ‘हामीले त्यसको विवरण पनि राखेका छौं, जाँच गरेर मात्र आउनजान दिइएको छ।’ उनका अनुसार एक सयभन्दा बढी नक्कली परिचयपत्र जफत गरी सम्बन्धित व्यक्तिलाई फर्काइएको छ।

    जति कडाइ गरे पनि अनेक उपाय लगाएर सीमाबाट आवतजावत भइरहेको छ। भारतीय एजेन्ट काम नभए पनि आफ्नो वा अन्यको व्यक्तिगत कामका लागि पनि सवारीसाधनसहित आएर भैरहवा, बुटवल बजार घुमेर फर्किने गरेका छन्। उनीहरूलाई कुनै किसिमको रोकटोक छैन। भन्सारमा आएर काम गर्न भनिए पनि बाहिर निस्किएर उनीहरू निष्फिक्री घुम्ने गरेका छन्। सीमाबाट छिरेपछि उनीहरूको गतिविधिमा निगरानी नहुँदा सहजै नेपाली बजारमा आउने गरेका छन्। तर, कडाइ गर्दै आएको प्रशासनको दाबी छ। सुनौलीबाट नेपाल आउने भन्सार एजेन्टमार्फत पनि कोरोना संक्रमणको जोखिम बढेको छ। सुनौलीमा मात्रै १२ जना कोरोना संक्रमित फेला परेका छन्।

    भैरहवा भन्सार प्रमुख कमलकुमार भट्टराईले २५ जना नेपाली क्लियरिङ एजेन्टको परिचयपत्र जारी भएको बताए। ‘एजेन्टले एक जना आफ्नो सहयोगी नियुक्त गर्न सक्छ। ती सहयोगीले आफ्नो कार्ड भिरेर भन्सार प्रवेश पाउँछन्’, उनले भने, ‘त्यसबाहेक अरूलाई भन्सारभित्र प्रवेश दिइएको छैन। आयातकर्ता भन्सारमा आउँदा पनि गेटबाट प्रवेश कार्ड लिएर मात्रै भित्र आउँछन्।’

    प्रमुख भट्टराईले नक्कली कार्ड बनाई त्यसको दुरुपयोग गरेको सुन्नमा आएको जनाए। सीमामा परिचयपत्र जाँच गर्ने काम सुरक्षा निकायको भन्दै राम्ररी जाँच भए नक्कली कार्ड भिरेर सीमापारीबाट आउन नसक्ने उनको भनाई छ।

    मुख्य नाका बेलहियामा कडाइ गरिए पनि खुला सीमाका कारण अन्य नाकाबाट लुकिछिपी सर्वसाधारणको आवतजावत हुन गरेको छ। सीमा क्षेत्रका भारतीय र नेपाली दुवै आवश्यक परेको बखत सहज रूपमा एकअर्का देशमा आउन जाने गरेको पाइएको छ।

    सीमा नाका बन्द भए पनि भारतीय मजदुर नेपाली उद्योग काम गर्न आएपछि कोरोना संक्रमण फैलिन थालेको छ। प्रदेश ५ का तीन जिल्लामा कोरोना संक्रमित बढेका छन्। संक्रमण देखिनेमा हाटबजार, होटल, उद्योगमा काम गर्ने मजदुर छन्।

    बुटवलका दुई जनामा साउन १७ गते कोरोना पोजिटिभ देखियो। उनीहरू भारतबाट नेपाल भित्रिएका हुन्। बुटवलको हाटबजारमा खुद्रा व्यापार गर्ने उनीहरूले रकम तिरेर कोरोना परीक्षण गरेका थिए। नतिजा पोजेटिभ आएको जानकारी पाएपछि दुवै जना मोबाइल स्विच अफ गरेर सम्पर्कविहीन भएका छन्।

    बुटवलकै एक होटलमा बसिरहेका तीन जनामा पाँच दिनअघि कोरोना पोजिटिभ देखियो। उनीहरू सिरक डसना उद्योगमा काम गर्ने मजदुर हुन्। उनीहरू पनि भारतबाटै नेपाल प्रवेश गरेका हुन्।

    प्रदेश ५ का रूपन्देही, कपिलवस्तु र बाँकेमा संक्रमितको संख्या बढ्दै गएको छ। सरकारी भाषामा नेपाल–भारत सीमा नाका बन्द छ। सर्वसाधारणले औषधि लिन बेलहियापारि सुनौली जान पाउँदैनन्। तर, निर्वाध रूपमा प्रवेश गरेका भारतीय मजदुरका कारण कोरोना समुदायमै फैलिँदै गएको छ।

    बुटवलमा आइतबार एक जनामा पोजेटिभ देखिएको छ। उनी बुटवलकै एक उद्योगमा काम गर्न आएका हुन्। उनी बाराबाट बुटवल आएका थिए। लुम्बिनी प्रादेशिक अस्पतालका डा. विष्णु गौतमले बुटवलको सन्दर्भमा समुदायमा संक्रमण नदेखिएको बताए। ‘दोस्रो व्यक्तिबाट तेस्रो अर्काे व्यक्तिमा कोरोना सरेको भेटिएको छैन’, उनले भने।

    बाँकेमा सरकारी कर्मचारी, होटल व्यवसायी मजदुरमा कोरोना देखिएको छ। यसरी पोजेटिभ देखिनेमा यात्रा विवरण नभएका व्यक्ति धेरै छन्। सरकारले कोरोना समुदायमा नफैलिएको, ठाउँ विशेषमा मात्रै संक्रमण देखिएको दाबी गरिरहेको छ। सरोकारवाला भने भारतबाट निर्वाध आगमन हुँदा कोरोना समुदायमै फैलिएको बताउँछन्।

    बुटवल उपमहानगरले व्यवसायीलाई स्वास्थ्य मापदण्ड पालना गर्न कडा निर्देशन दिएको छ। नगरपालिकाका सफाइकर्मीको कोरोना परीक्षण गर्ने निर्णय भएको प्रवक्ता रामप्रसाद रेग्मीले भने।

    बाँकेमा कोरोना समुदायमा फैलिएको भन्दै तीनदिने निषेधाज्ञा गरिएको छ। प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले कोरोना थप फैलिन नदिन निषेधाज्ञा लगाइएको बताए। ‘कोरोना समुदायमा फैलिएको छ, त्यसलाई रोक्न निषेधाज्ञा लगाइको हो, उनले भने। बाँकेमा राजस्व, यातायात व्यवस्था कार्यालयका कर्मचारीसहित स्थानीय व्यवसायीमा समेत कोरोना देखिएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑