• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    चितवन राष्ट्रिय निकुञ्‍जमा सैनिकले पिटेका युवकको मृत्यु

  • वीरगंज संजाल
  • ९ श्रावण २०७७, शुक्रबार ०९:१७
  • २२२१

    चितवन | चितवन राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि बसेका सैनिकले नियन्त्रणमा लिई पिटेका एक युवकको बुधबार मृत्यु भएको छ । पूर्वी चितवनको राप्ती नगरपालिका–२ मिलन टोलका २४ वर्षीय राजकुमार चेपाङको मृत्यु भएको हो । सेनाको कुटपिटबाट मृत्यु भएको भन्दै उनका बुबा विष्णुलाल चेपाङले घटनाको छानबिन गर्न र दोषीलाई सजाय दिन माग गरेका छन् ।

    राजकुमारसहित ७ जनालाई साउन १ गते निकुञ्ज सुरक्षामा खटिएका सैनिकले नियन्त्रणमा लिएका थिए । सातै जना सोही दिन छुटे पनि त्यही दिनदेखि बिरामी भएका राजकुमारको बुधबार मृत्यु भएको हो । ‘छुटेर आएदेखि नै सन्चो भएन भन्न थाल्यो, मैले गाउँकै मेडिकलहरूमा उपचार गराइरहेको थिएँ,’ विष्णुलालले भने, ‘हिजो (बुधबार) त अति नै आत्तियो, त्यसपछि भरतपुर अस्पताल ल्याएको थिएँ ।’ अस्पतालमै छोराको मृत्यु भएपछि विष्णुलाल अहिले विक्षिप्तजस्तै भएका छन् ।

    राजकुमारसँगै गिरफ्तार भएका उनका एक साथी सन्तलाल प्रजाले आफूहरूलाई नियन्त्रणमा लिएपछि सेनाले कुटपिट गरेको बताए । सेनाले नियन्त्रणमा लिएकामा दुई जना महिला पनि थिए । उनका अनुसार महिलालाई केही नगरे पनि पुरुषहरूलाई कुट्ने, मुढा ओसार्न लगाउने र सय–सय पटक पुसअप गराउने सजाय सेनाले दिएको थियो । ती युवा गाउँ नजिकैको राप्ती नदी तरेर चितवन राष्ट्रिय निकुञ्जमा पुगेका थिए ।

    निकुञ्जभित्रको ज्युँडी खोलामा घोंगी बटुल्दै गर्दा सैनिकले उनीहरूलाई समातेको थियो । सेनाले उनीहरूलाई नियन्त्रणमा लिएको स्वीकारे पनि कुटपिट नगरेको दाबी गरेको छ । ‘निकुञ्जकै एरियामा आएपछि समाएर निकुञ्ज प्रशासनलाई जिम्मा लगाएको हो, कुटपिट भएकै छैन,’ निकुञ्ज सुरक्षार्थ तैनाथ सेनाको बटुक दल गणका प्रमुख अरुण श्रेष्ठले भने, ‘उहाँहरूले यतिका दिनपछि किन यस्तो आरोप लगाउनुभएको हो, थाहा भएन !’

    मृतकका परिवारले बिहीबार चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईसमक्ष घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन् । जिल्ला प्रशासन कार्यालयले पीडितको मागअनुसार शवको पोस्टमार्टम गर्ने जनाएको छ । ‘कुटपिट भएको छैन, त्यो पोस्टमार्टम रिपोर्टले नै बताउला,’ गणपति श्रेष्ठले भने, ‘हामीलाई लगाएको आरोप निराधार हो, महिनामा चार सय जना मान्छे समाएका छौं तर कसैलाई कहिल्यै कुटपिट हुने गरेको छैन ।’

    पानीमा सुताएर लट्ठीले र लात्ताले हान्यो : सन्तलाल प्रजा चेपाङ

    सेनाको नियन्त्रणमा के भयो भन्नेबारे बिहीबार चितवन जिल्ला प्रशासन कार्यालयमा सञ्चारकर्मीलाई बताउँदै मृतक राजकुमारसँगै खोलामा गएका ७ जनामध्येका 

    मसहित त्यस दिन हामी सात जना थियौं । दुई महिला थिए, पाँच जना केटाहरु थियौं । हामी ब्लक फ्याक्ट्रीमा काम गर्छौं । साउन १ गते छुट्टीको दिन थियो, काम भएन । साथी मिलेर जाऔं न त निउरो, अमिलो केही भेटिन्छ कि भनेर गएका हौं । हामी खोलैखोला गइरहेका थियौं, हामीलाई थाहा थिएन, पछ्याउँदै आएको रहेछ । खोलामा एकसुरले हातले छाम्दै घोंगी समात्न थाल्यौं ।

    राप्ती तरेर पारिपट्टि ज्युँडी भन्ने खोलामा पुगेपछि एक्कासि एउटा आर्मी देख्यौं । उनले ‘ओ यहाँ आइज’ भने । कुनै सोधपुछ छैन । खुट्टामा लगाउने बुट हातमा लिइराखेको थियो । त्यसैले ड्याम्म हान्यो । पानीभित्र लौरो थियो, त्यसले मलाई गर्धनमा हान्यो । म पानीमै भक्लक्क ढलें । बोल्न त के–के बोल्यो बोल्यो । नराम्रो शब्द पनि भन्यो । अनि पानीमा सुताएर लट्ठीले र लात्ताले हान्यो । पानीमै हिँडाउँदै लिएर गयो । खोला छाडेर पाखामा उत्रेपछि त्यहाा सुत् भन्यो । त्यहाँ पनि फेरि दुई–तीनचोटि हान्यो । डँडाल्नोमा लट्ठीले हान्यो । बाटोमा जत्रोजत्रो मुढा भेटिन्छ, त्यो पनि बोक् भन्ने । एक्लैले बोक् भन्ने, नराम्रो शब्द भन्ने । त्यसमाथि सय–सयचोटि उत्तानो र घोप्टो पुसअप गर्न लगायो । यसो गरी–गरी चौकीमा पुर्‍यायो । लिगलिगे पोस्टमा लग्यो । त्यहाँ प्रशासनले सोधिराथ्यो । प्रशासनका मान्छेले यसरी पिट्न त नहुने हो, जे–जस्तो भए पनि कारबाही त गरिन्थ्यो, पिट्न नहुने हो भनिराखेका थिए । अब पिटाइ खाइसक्यो । अनि हजार–हजार रूपैयाँ जरिवाना तिर्नुपर्छ भन्न थाले हामीलाई । हामीसँग पैसा छैन, कहाँबाट तिर्नु भन्यौं ।

    हाम्रो ग्रुपमा अलि पातलो त्यही राजकुमार थियो । उसलाई बढी चोट पर्‍यो । लातले हान्ने, पानीभित्रै लात र लट्ठी–लट्ठीले हान्या छ । त्यसरी हानेपछि ऊ त पातलो मान्छे, मार त बढी पर्‍यो होला नि, हामीलाई पिट्दा एक जना मात्रै थियो । पछि फोन गरेर अरु पनि बोलायो । प्रशासनको पनि आयो । ६ जना भए उनीहरु । पिट्न त एक्लै पिटेको हो । महिलाहरुलाई मुख छाडे पनि हातपातचाहिँ गरेन । पछि हामीलाई साँझपख छाड्यो । त्यही पिटाइको असरले मैले त औषधि खाइरहेको छु । राजकुमार पातलो मान्छेलाई झन् के–के भयो–भयो ।

    -कुराकानीमा आधारित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑